• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथा संवाद : नेपाललाई विश्व कूटनीतिको केन्द्र बनाउने प्रयास

metakhabar by metakhabar
३१ बैशाख २०८२,
0
सगरमाथा संवाद : नेपाललाई विश्व कूटनीतिको केन्द्र बनाउने प्रयास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणका सम्पूर्ण तयारी पूरा भएको छ। जेठ २ देखि ४ गतेसम्म सोल्टी होटल, काठमाडौँमा आयोजना हुने उक्त संवादका लागि कार्यक्रमको व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिएको हो।

जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्य जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित संवाद नेपाललाई अन्तर्राष्ट्रिय कूटनीतिक केन्द्रका रूपमा प्रस्तुत गर्नुपर्ने उद्देश्यका साथ अघि बढाइएको हो।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणाका अनुसार, यस संवादमार्फत नेपाललाई तटस्थ, संवादमुखी तथा सहयोगी कूटनीतिको नेतृत्वदायी भूमिकामा उभ्याउने लक्ष्य लिएको छ। मन्त्री राणाले भन्नुभयाे, “यो संवाद नेपालको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि साझा मञ्च हो, जसले राष्ट्रिय आत्मविश्वास र अन्तर्राष्ट्रिय छविलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

विश्वका प्रमुख नेताहरूको सहभागिता

सगरमाथा संवादमा १२ भन्दा बढी मुलुकका उच्चपदस्थ विदेशी प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, भारत र चीनका उच्च अधिकारीहरू, कोप-२९ का अध्यक्ष, तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितका सम्बोधन रहनेछन्।

प्रमुख अतिथिहरूमध्ये चीनको राष्ट्रिय कंग्रेसका उपाध्यक्ष सियाओ ची, भारतका वातावरणमन्त्री भूपेन्दर यादव, अजरबैजानका पारिस्थितिक मन्त्री बाबायभ, जापान, माल्दिभ्स, बङ्गलादेश, भुटान, कीर्गिस्तान, कतार, यूएई लगायत देशका मन्त्री तथा प्रतिनिधिहरूको उपस्थिति रहनेछ। साथै, बिम्स्टेक र सार्क महासचिवहरू, संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधिहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरू समेत सहभागिता जनाउनेछन्।

सम्भावना र समाधानतर्फ समानान्तर सत्रहरू

सम्बोधन सत्रपछि संवादमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रमा हिमाली क्षेत्रको दिगो व्यवस्थापन, जलवायु परिवर्तनको क्षेत्रीय प्रभाव, लैङ्गिक र अन्तरपुस्तागत समता आदि विषयमा विश्लेषणात्मक छलफल हुनेछ।

यी सत्रहरूमा नीति निर्माता, राजनीतिज्ञ, विज्ञ, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूबीच विचार आदानप्रदान हुनेछ। संवादको माध्यमबाट विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता पुनः बलियो बनाउने उद्देश्य लिएको जनाइएको छ।

१० पूर्वकार्यक्रममार्फत तयारी पूरा

कार्यक्रमको तयारीक्रममा दसवटा पूर्वकार्यक्रमहरू सञ्चालन गरिएका थिए। संवाद व्यवस्थापन समितिका अनुसार, सबै आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

यस संवादले नेपालको आवाजलाई जलवायु न्यायका विषयमा थप प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय कूटनीतिक पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Previous Post

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

Next Post

बेलायतमा नेपाली भजन महोत्सव

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In