• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुग्लिन–मलेखु सडक निर्माणले लिन सकेन गति

metakhabar by metakhabar
२९ बैशाख २०८२,
0
मुग्लिन–मलेखु सडक निर्माणले लिन सकेन गति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ।

वि.सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म २९ प्रतिशत प्रगति भएको छ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।

शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालय अघिसम्म ४।५ किमी चार लेन सडक दुईतर्फी कालोपत्र भइसकेको छ छ। चुम्लिङटारमा २०० मिटर र फिस्लिङ बजारमा चार लेनमा १५० मिटर सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो। विशालटार र मझिमटारमा कालोपत्र गर्नुअघिको ग्राभेल भइरहेको छ।

सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटा पुलमा बिम राख्ने तयारी गरिएको छ। दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ। चितवनतर्फको बारवाङ् र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्ने तयारी गरिएको छ। धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदैछ।

नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गति लिएको दाबी गर्नुभयो। विभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उहाँले स्वीकार गर्नुभयो। उहाँका अनुसार स्थानीय तहबाट आवश्यकताअनुसार निर्माण सामग्री नपाउनु ढिलो हुनाको प्रमुख कारण भएको हो।

काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा सात महिना ढिला भएको, अझै पनि विद्युत्को पोल सार्न नसकिएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाइ गरेको, घरटहराको क्षतिपूर्ति समयमा दिन नसकिएकोलगायतका कारण काममा ढिलाइ भएको उनको भनाइ छ।

असारसम्ममा चारवटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ। यससँगै असारसम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उहाँको भनाइ छ। यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।

उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ। बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नेपालले बताउनुभयो। यो सडक विश्व बैङ्कको सहयोगमा बनाइएको हो।

Previous Post

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजाआराधना

Next Post

प्रधानमन्त्री लुम्बिनीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री लुम्बिनीमा

प्रधानमन्त्री लुम्बिनीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In