• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।

हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो ।

उहाँले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उहाँको भनाइ थियो ।

“विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भन्नुभयो, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?”, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उहाँको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उहाँको भनाइ छ ।

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गर्नुभयो ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उहाँको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।

यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रीता महतोले बताउनुभयो । “विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्”, उहाँले भन्नुभयो, “हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन ।” साह यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताउनुभयो । स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरूद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताउनुभयो । गत शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । सोही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उहाँको अनुभव छ ।

हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोर किशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गरिदिन आग्रह गर्नुभयो । विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुनेक्रम दिनप्रतिदिन बढ्दो रहेको उहाँको अनुभव छ । यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासिन भएको उहाँको आरोप छ ।

कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि उहाँले पनि आफ्ना गुनासो सुनाउनुभयो । निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदैमा व्यस्त भएको उहाँको भनाइ छ ।

“बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” नगर प्रमुख साहले भन्नुभयो, “ लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।”

प्रशासनले तुरून्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उहाँको भनाइ छ । पालिका तथा वडावडामा बालमैत्री पुस्तकालय, कम्प्युटरसहितका कक्षा सञ्चालन गर्न बालबालिकाको आग्रह थियो । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका योजना प्राथमिकताका साथ सुरू गर्नुपर्ने सहभागी छात्रछात्राले माग छ ।

Previous Post

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

Next Post

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

metakhabar

metakhabar

सम्बन्धित खबर

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
Load More
Next Post
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In