• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी : : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १०औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उहाँको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।”

मुलुकको समग्र विकासका पक्षमा उभिएका कारण अहिले एमालेमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि बढेका बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले मुलुकमा मौलाएको बेथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार देशमा सुशासनसहित विकास निर्माणमा जुटेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाएको उल्लेख गर्दै उहाँले उक्त अभिभारा पूरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशील बन्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसङ्गठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति सङ्गठित र संयमित भएर पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै कार्य मूल्याङ्कन तथा क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय सङ्गठनलाई चुस्त दुरुस्त बनाउँदै ‘मिसन–८४’मा पार्टीको बहुमत ल्याउने तयारीमा जुट्न आग्रह गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवं युवा सङ्घ नेपालका इञ्चार्ज राजीव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ तथा सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सिर्जनशीलता र गतिशीलता’ नारासहित पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ प्रतिनिधिको सहभागिता रहने युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले महाधिवेशन सङ्गठन सुदृढीकरण, जलवायु परिवर्तन र उद्यमशीलता एवं उत्पादनलाई जोड दिन केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Previous Post

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

Next Post

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

metakhabar

metakhabar

सम्बन्धित खबर

गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
Load More
Next Post
कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In