• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा। पाल्पा जिल्लाको माथागढी गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक माथागढी उद्यान पार्क निर्माण सम्पन्न भएपछि स्थानीय माथागढी गाउँ सरकारलाई हस्तान्तरण गरिएको छ। नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्यानको स्वामित्व पृतनापति उपरथि प्रेमबहादुर पुनले गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलाई हस्तान्तरण गरेका हुन्।

करिब आठ लाख रुपैयाँको लागतमा नेपाली सेनाले निर्माण गरेको यो गढी तत्कालीन भूरे राजाले बनाएको मानिन्छ। यद्यपि, भूरे राजाको विस्तृत इतिहास अज्ञात भए पनि स्थानीय बुद्धिजीवीहरूका अनुसार पाल्पाका सेन राजाहरूमध्येका कुनै राजाले यस स्थानमा गढी बनाएर बसेको र पछि त्यहाँबाट गएको भन्ने भनाइ छ। राजाले अचानक यो ठाउँ छोडेर गएपछि उनी उडेर गएको किंवदन्ती स्थानीय ज्येष्ठ नागरिकहरूमा प्रचलित छ।

नेपाल अंग्रेज युद्धको समयमा तत्कालीन कर्णेल उजीरसिंह थापाले दक्षिण पूर्वी भागबाट हुनसक्ने अंग्रेज फौजको सम्भावित आक्रमणबाट बचाउन यस गढीलाई बलियो बनाई तीन सय जनाको सैनिक टुकडी तैनाथ गरेको इतिहासकारहरू बताउँछन्। दक्षिण जीतगढीमा भएको असफलतापछि पाल्पा आक्रमण गर्ने क्रममा अंग्रेज फौज दक्षिण पूर्वी दिशाबाट आइरहेको हल्ला चलेपछि कर्णेल उजीरसिंहले यस किल्लालाई थप मजबुत बनाएका थिए। अंग्रेज फौजलाई बाटो देखाउने तत्कालीन पाल्पा राज्यका सल्लाहकार कनकनिधि तिवारी नदीमा नुहाउन गएको बेला मारिएपछि अंग्रेजहरूले बाटो पत्ता लगाउन नसक्दा यस गढीमाथि आक्रमण गर्न सकेनन्। जीतगढी र नुवाकोट गढीमा अंग्रेज फौजलाई रोक्न नसकेको अवस्थामा यो गढी वैकल्पिक प्रतिरक्षा किल्लाको रूपमा स्थापित भएको मानिन्छ। अध्यक्ष चिदीका अनुसार यहाँ ठूलो कडावाला तमौरामा तत्कालीन युद्धमा प्रयोग हुने धनुष, काँडा र तरवार जस्ता युद्ध सामग्रीहरू अझै पनि देख्न सकिन्छ। नजिकैको झुम्सा खोलाको ढुङ्गा प्रयोग गरी गढी निर्माण गरिएको र यसको वरिपरि करिब चार वटा ट्रेन्च (गाली) र क्रोलिङ ट्रेन्च (घिस्रिने नाली) रहेको उनले बताए। नेपाल अंग्रेज युद्धपछि पनि विसं २००७ मा नेपाली सेना यस गढीमा बसेको थियो।

सांस्कृतिक रूपमा पनि यस गढीको विशेष महत्व छ। किंवदन्ती अनुसार स्थानीयको सपनामा शक्तिस्वरुपिणी कालीले यस स्थानमा बस्ने इच्छा व्यक्त गरेकी थिइन्। यदि उनी साच्चिकै शक्ति हुन् भने त्यहाँ रहेको ठूलो चिलाउनेको रुखलाई सोही रात चट्याङले नष्ट गरी प्रमाणित गर्न र आफूले मन्दिर स्थापना गर्ने भाकल गरेपछि सोही रात चट्याङले रुख ढलेको र त्यसपछि यस स्थानमा माथागढी कालिका देवीको मन्दिर स्थापना भएको जनविश्वास छ। हालसम्म पनि यहाँ देवीको शक्ति पूजा गरिन्छ।

सेनाले अहिले पार्क निर्माण गरी संरक्षण गर्न भन्दै स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो। गढी पार्क हस्तान्तरण गर्दै पृतनापति पुनले ऐतिहासिक स्थल र सम्पदाको संरक्षणमा नेपाली सेनाले निरन्तर सहयोग गर्दै आएको बताए। उनले स्थानीय नागरिक र नेपाली सेनाको सम्बन्ध थप सुमधुर बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यो पार्कले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष चिदीले इतिहासलाई जीवन्त राख्न यस्ता सम्पदाको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउँदै पालिकाले ऐतिहासिक स्थलको संरक्षणमा सक्दो सहयोग गर्ने उल्लेख गरे। सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले आम नागरिकलाई पुराना सम्पदाको महत्व बुझाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्। दि फेमस महेन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङले जिल्लामा रहेका मठमन्दिरको संरक्षण र संवर्द्धनमा नेपाली सेनाले सहयोग गर्दै आएको बताए। नेपाल अंग्रेज युद्ध र नेपाल एकीकरणका बेला प्रयोग भएका गढी किल्लाको संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले सौन्दर्यीकरण गरिएको उनको भनाइ छ। सेनाले यहाँका ऐतिहासिक कोट, गढी र किल्लाको संरक्षण गरी इतिहास जोगाउने काम गरिरहेको छ। यसअघि सेनाले छ दिने पदयात्रामा निस्किएर यहाँका गढीहरूको अवलोकन तथा निरीक्षण गरेको थियो। यहाँ ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा जीतगढी किल्ला रहेका छन्।

Previous Post

रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार

Next Post

‘हम तुम’ र ‘धडकन पुनः सिनेमा घरमा रिलिज हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
‘हम तुम’ र ‘धडकन पुनः सिनेमा घरमा रिलिज हुने

‘हम तुम’ र ‘धडकन पुनः सिनेमा घरमा रिलिज हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In