• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुनै समय आराध्य मानिएको, पितृ तर्पण र पवित्र स्नानस्थलको रूपमा पूजा गरिँदै आएको लिखु खोलामा आज पानीको थोपा पनि बग्दैन। पान हिमालय इनर्जी जस्ता जलविद्युत् आयोजना निर्माण गर्दा पानी नछोडेपछि सो खोला मरुभूमिमा परिणत भएको छ । व्यवसायी मोतीलाल दुगडले “लिखु आराध्यदेवी हुन्” भनेर आत्मकथामा भावुक वर्णन गरेका छन्, तर उही दुगडको लगानीमा बनेका तीन जलविद्युत् आयोजनाले नदी नै सुकाइदिएको विडम्बना स्थानीयले सहनु परेको छ।

रामेछाप र सोलुखुम्बुको सिमानामा पर्ने पवित्र उमाकुण्ड क्षेत्र आज सुख्खा छ। धार्मिक महत्व बोकेको लिखु र नुष्ये खोला मिल्ने स्थल, जसलाई हिमगङ्गा भनिन्थ्यो, अब बालुवा र धुलो मात्रै बोकेको छ। जलविद्युत् आयोजनाले हिउँदभर पानी नछोड्दा लास जलाउने र अस्तु बगाउने परम्परा समेत संकटमा परेको छ। स्थानीय प्रशासनकै प्रत्यक्ष निरीक्षणमा देखिएको यो दुर्दशा द्रुत सुधारको माग गरिरहेको छ।

नेपालको जल ऐन अनुसार कुनै पनि जलविद्युत् आयोजनाले नदीमा न्यूनतम १० प्रतिशत पानी अनिवार्य रूपमा छोड्नुपर्छ। तर लिखु–१, लिखु–२, र नुम्बुर हिमालय आयोजना चलाउने एमभी दुगड ग्रुपले यो कानुनलाई ठाडै उल्लङ्घन गरेको छ। त्यसकारण अहिले पानीको अभावमा खोलाको मुहान सुक्खा, जीवजन्तु संकटमा, र स्थानीय परम्परा र संस्कृति तहस–नहस भएको छ ।

मोतीलाल दुगडले आफ्नै आत्मकथामा लिखुलाई ‘गङ्गारूपी’, ‘आखिरी इच्छा’का रूपमा उल्लेख गरेका छन्। उनले लेखेका छन् कि मृत्यु पश्चात आफ्नो अस्तु लिखु र लाप्ये खोलामा विसर्जन गरियोस्। तर यिनै दुगडका कम्पनीहरूले निर्माण गरेका बाँधहरू आज ती खोलाहरूमा एक थोपा पानी पनि छुट्दैन भन्ने तीतो सत्यमा परिणत भएकाे छ ।

स्थानीय निकायले बारम्बारको गुनासोपछि निरीक्षण गर्‍यो, तर आयोजना त बाढी आएको बेला मात्रै पानी खोलामा हाल्ने डिजाइन बनाइरहेको पाइएको छ। गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालका अनुसार, यो अवैज्ञानिक व्यवस्थाले जङ्गली जनावरदेखि पर्यावरणसम्ममा गम्भीर असर पार्दैछ।

एकातिर नदीलाई ‘आराध्यदेवी’ भन्दै पुस्तकमा भावनात्मक प्रसंग, अर्कोतिर व्यवहारमा ती खोलाहरूलाई सुख्खा मैदान बनाउने रवैया। दुगडको आत्मकथा आज आफ्नै जलविद्युत् आयोजनाले खण्डन गरिरहेको छ। पवित्रताको व्यापार हुँदा प्रकृति मात्रै होइन, परम्परासमेत रुनुपरेको छ।

हिन्दुहरुले उत्तरकाँशीको रुपमा लिखु खोलोको शिरलाई लिने गर्छन् ,‘उमाकुण्ड’ रामेछापको उमाकुण्ड गाउँपालिका वडा न. १ मा थियो । पूर्वतिरबाट बग्ने र पश्चिमतिरबाट आउने नुप्चे खोलाको संगमस्थल हो उमाकुण्ड । तर अहिले हिन्दुधर्मालाम्बीहरुको आस्थाको केन्द्रमा रहेको उमाकुण्डलाई मरुभूमि बनाइएको स्रोतको दाबी छ । अहिले त्यहाँ एक थोपा पानी समेत पाउन मुस्किल हुने गरेको स्थानीयवासीको गुनासो छ । स्थानीयवासीका अनुसार पान हिमालय इनर्जी लिमिटेडले लिखु खोलाको पानीबाट ७७ मेगावाटको विद्युत् उत्पादन गरिरहेको छ।

लिखु खोलाको पानी बाँध बाँधेर लयाएको पानीबाट विद्युत उत्पादनको कार्य गरेपनि नदिमा एक थोपा पानी समेत नछोड्दा हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्रमा मात्र असर परेको छैन्,त्यहाँ कमिला समेत बाँच्न नसक्ने अवस्था आएको हो । विकास निर्माण गर्दा वातावरणीय प्रर्यावरणलाई असर पर्ने गरी काम भएकोप्रति स्थानीयले चर्को आलोचना गरिरहेका छन् । स्थानीयवासीहरुले खोलामा जलविद्युत् उत्पादन गर्दा नियम अनुसार केही पानी नछोडिएको बताएका छन् । उनीहरुले खोलामा केही पानी छोड्नुपर्ने माग राखेका हुन्।

लिखुको बाँधमा नुष्ये खोलाबाट समेत बाँध बाँधेर छोटो सुरुङमार्फत दोभानभन्दा माथिबाटै नुप्येको पानी हालिएको छ। बाँधबाट एक थोपा पनि पानी नचुहिदा जलचर तथा स्थलगत प्राणीहरुको अस्तित्व समेत संकटमा परेको हाे । स्थानीयवासीले केही पानी खोलामा छोड्नुपर्ने मागसहित सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेका छन् । लिखुपिके गाउँपालिकाका एक स्थानीयले भने,‘हामिले बाँधबाट नै पानी चुहिनुपर्छ भनेका छैनौँ,कुनै स्थानबाट खोलामा केही पानी छोडिनुपर्छ प्रकृतिको संरक्षणका लागि भनेका हौँ । अहिले हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र उमाकुण्डमा समेत आउने गरी र खोला नसुकाई विकास निर्माणका काम अघि बढाउन माग गरेका हौँ । तर अहिलेसम्म स्थानीय प्रशासनले न सुन्यो नत ती व्यवासायी ग्रुपले नै सुन्यो उनले भने ।

स्रोतका अनुसार खोला नै सुकाएर अहिले बाँध बनाएर दोभानभन्दा केहीमाथिबाट नुप्येको पानी लिखुको बाँधमा जम्मा गरिएको छ। दुई खोलाको पानी एक ठाउँमा मिसिएको ठाउँलाई हिमगङ्गा भनिएको छ जहाँ लिखु र नुप्ये खोलाको पानी मिसिन्छ ।

प्राकृतिक संरक्षणको वेवास्ता गर्दै अहिले प्रतिष्ठित व्यावसायिक धरना दुगड ग्रुपको लगानीमा ३ आयोजना निर्माण गरी सञ्चालनमा ल्याइएका छन् । पान हिमालय, ग्लोबल हाइड्रोपावर एसोसिएट लि‍‍ र नुम्बुर हिमालय हाइड्रोपावर लिको नामबाट ७७ मेगावाटको लिखु १, ५५ मेगावाटको लिखु २ र ५१ लि ए डेढ वर्षदेखि सञ्चालनमा छन्। यी जलविद्युत आयोजना रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखुपिके गाउँपालिमा अवस्थित छन् ।

लिखु ९१ को बाँध र, लिखु–२ को बाँधबाट समेत नियमानुसार पानी छोडिएको भन्दै स्थानीयवासीहरुले दुगड गु्रपको मनपरी चलेको भन्दै चर्को आलोचना गरेपछि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला नेतृत्वमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहितले स्थलगत अनुगमन गरेको स्रोतको दाबी छ । समाचार स्रोतका अनुसार अनुगमनका क्रममा नदीमा पानी नछोड़दा स्थानीयले लास जलाएर अस्तुसमेत पखाल्न नपाएर त्यत्तिकै छाड्न बाध्य भएको देखिएको निरौलाले बताए । स्थानीयवासीको गुनासो सम्बोधन गर्न निर्माण व्यावसायीहरुले खोलामा हल्का पानी छोड्नुपर्ने उनको भनाइ छ । सो विषयमा आफूले सो ग्रुपसँग समन्वयन गर्ने तयारीमा गाउँपालिका रहेको उनले बताइन् । उनका अनुसार सम्झौता अनुसार दुगड ग्रुपले खोलामा पानी छोड्नुपर्छ ।

हिउँद महिनामा पानीको बहाव घटेपछि लिखुपिके गाउँपालिका वडा नं. ५ को लिखु १ मा नुष्ये खोला र लिखु २ मा मा खोलामा स्ट्रेच वेयर बाँध निर्माण गरी आयोजनाको हेडवक्स बाँधमा मात्र पानी हालिएको छैन्, विखे खोला र रामेछापको उमाकुण्डा १ को ताइदिङ खोलाको पानी समेत लगेर लिखु–१ को बाँधमा हालेको स्रोतको दाबी छ । नदीको सहायक खोलाको पानी आयोजनाले कसरी लग्यो ? स्थानीयवासीले सो विषयमा समेत प्रश्न उठाउन थालेका छन् ।

लिखु खोलामा निर्मित ३ आयोजना एमभी दुगड ग्रुप लगानीमा निर्माण गरिएको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड हुन् । आफ्नो कृषि उद्यमदेखि जलविद्युतसम्म भन्ने आत्मकथा नामक प्रकाशित पुस्तकमा जीवनको उत्तराद्र्धमा लिखुका ३ र लप्चीको एक आयोजना निर्माण आफ्नो सबैभन्दा ठूलो सफलताको रूपमा दुगडले चित्रण गरेको छन् । सो पुस्तकको पेज २१९ मा तीनवटै आयोजना लिखुखोलामा बनाइने हुनाले लिखुखोला हाम्रा लागि आराध्यदेवी हुन पुगेकी छन् भन्ने उल्लेख छ। पेज नं. २२६ र २२७ मा गङ्गरूपी लिखु र लाप्ये अनी मेरो अन्तिम इच्छा भन्ने छुट्टै शीर्षक राखेर प्राकृतिक सुन्दरता र स्थानीयसँग अपार माया र खुसीको भएको प्रसंग उल्लेख गरेका छन् मेरो भित्री हृदयकै आवाज हो मेरो मृत्युपछि मेरो अस्तु लिखु ९ यसलाई गङ्गा पनि भनिन्छ खोलामा थोरै लाप्ये खोलामा विर्सजन गरियोस् । उनले पुस्तकमा नदीहरू आफ्ना लागि गङ्गाजत्तिकै पवित्र र नदीहरूप्रति आफ्नो अत्यन्तै श्रद्धा रहेको उल्लेख गरेका छन्। तर दुगडले इच्छा गरेको लिखुमा अस्तु बगाउने पानी उनके आयोजनाले बन्द गरेको छ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख तुलसीप्रसाद दाहालका अनुसार आयोजनाले पानी नछाड्दा जङ्गली पशुपन्छी र जलचरलाई प्रत्यक्ष असर परेको छ । आफूहरू अनुगमनमा जाँदा पानी छोड़ने तर अन्य समयमा सुकाउने गरेको आयोजना प्रमुख दाहालको दाबी छ । नुष्ये खोलाको बाँधको डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनकोे भनाइ छ । खोलामा पानी नछोड्नुमा संरक्षण क्षेत्रका कर्मचारी र व्यावसायीहरुको मिलेमत्व रहेको देखिन्छ ।

आफ्नो आत्माकथामा दुगडले आफ्नो पारिवारिक पृष्ठभूमि व्यापारिक र औद्योगिक विगतको अवस्था, आफ्ना सङ्घर्षको व्याख्यासहित तस्बिरहरू समावेश गरेका छन् । पछिल्लो समय जलविद्युत् क्षेत्रमा आफ्नो लगानी सबैभन्दा ठूलो उपलब्धिको रूपमा उल्लेख गरेका छन् । उनले आफ्नो नामलाई शिखर बनाउन चाहेका छन् । उनले आफ्नो नामलाई शिखरमा पु¥याउन स्थानीयवासीको मागविपरित विकास निर्माणका कार्यलाई प्राथकितामा राख्दै वातावरणीय प्रयावरण समेत विगार्ने गरेका छन् ।

Previous Post

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

Next Post

रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार

रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी, सबै विद्यार्थी सकुशल उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In