• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान

metakhabar by metakhabar
२४ बैशाख २०८२,
0
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : प्रेस काउन्सिल नेपालले ‘न्यूज रूम’मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको बहस अघिबढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात आज गोरखापत्र संस्थानबाट गरिएको हो । संस्थानले बुधबार एक सय २५औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा आज प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष कार्यक्रम आयोजना गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभयो । गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्यूज रूम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनमानसमा कुनै बेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशनमार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो ।”

वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने भन्ने सन्दर्भमा एक सय २५ वर्षको गोरखापत्रको इतिहासमा यो पटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताउनुभयो । सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आए पनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उहाँले बताउनुभयो । अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ ।”

अहिले काउन्सिलले ‘न्युज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस् भन्ने काउन्सिलले चाहेको उहाँले बताउनुभयो । रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सिर्जनात्मक रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उहाँले बताउनुभयो ।

गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिए पनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यम भन्दा समृद्ध भएको उहाँले बताउनुभयो । गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।”

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्त्व रहेको बताउनुभयो । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ, छैन भनेर समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्र जेठो र पुरानो अखबार भए पनि यसले पनि समाजले खाजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।”

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले निरन्तर रूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताउनुभयो । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायगको सहभागिता रहेको थियो ।

Previous Post

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In