• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
आलेखः‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेघौली (चितवन), २१ वैशाखः चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका आरामदायी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो ।

पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पु¥याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जङ्गल प्रवेश गर्दथे । जानकारहरुका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे । अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ ।

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्दथे । विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरी सञ्चालन गरेका थिए । पर्यटकहरु टाइगर टप्समा बस्ने र मेघौलीको जङ्गली जनावरको सिकार गर्दथे । टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरु आएका थिए ।

विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए । तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए । अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जङ्गल लज, आइल्याड जङ्गल रिसोर्ट, टेम्पल टाइगर रिसोर्र्ट, गैँडा वाइल्ड लाइफ क्याम्प बन्द भएका छन् । टाइगर टप्सले अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन् । निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको सङ्ख्या पनि घट्न थाल्यो । त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए । त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो ।

यद्यपि पछिल्ला केही वर्षयता मेघौलीमा पुनःलक्जरी टुरिजमको विकास हुन थालेको सङ्केत देखिएको छ । निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ । ती रिसोर्टमार्फत हाइ इन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन् । यसले मेघौलीको पर्यटनलाई पुनःजीवित गर्ने सङ्केत दिएको छ ।

मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइ इन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन् । पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउनुहुन्छ, सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रुपमा सञ्चालनमा ल्याएको हो । “चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ, विभिन्न प्रजातिको चराचुरुङ्गीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ”, उहाँले भन्नुभयो ।

राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु । यहाँ थारु र कुमाल समुदायको बाहुल्य छ । आगन्तुकहरुले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ । बिहानै हात्ती तथा जिपमा जङ्गल सफारी गरी जङ्गली हात्ती, गैँडा, बाघ, मयुँर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ । यो क्षेत्र जङ्गली वन्यजन्तुका हिसाबले खुला चिडियाखाना सहर छ ।

चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ । नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जङ्गली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ । राप्ती र नारायणी नदीको सङ्गम रहेको गोलाघाट सूर्यास्तका लागि प्रख्यात छ । जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ ।

मेघौली चराचुरुङ्गीको चिरबिर आवाजले मात्रै होइन एकसिङ्गे गैँडा, नदी किनारमा घाम ताप्ने गोहीले जो कोही पर्यटकलाई आकर्षित गर्छन् । त्यतिमात्रै होइन, प्रकृतिमा चासो राख्नेहरु, अध्ययनकर्ताहरुलाई पनि यसले आकर्षित गरिरहेको छ । त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरु पछिल्लो समय मेघौली पुग्ने गरेका छन् । मेघौलीको पर्यटन प्रवद्र्धन हुन थालेसँगै यहाँको थारु तथा कुमालको संस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवद्र्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ । “पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्, यसले यहाँको रैथाने खाना र संस्कृति प्रवद्र्धनमा सहयोग पुगेको छ, बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ”, उहाँले बताउनुभयो ।

उहाँका अनुसार मेघौलीमा थारु र कुमाल समुदायले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । यसले उनीहरुको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ । “प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठूलो सम्भावना छ, पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठूलो सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्यमात्रै थिएन, यहाँ अन्तरराष्ट्रिय हात्ती पोलो खेल पनि आयोजना हुन्थ्यो । तर टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ । रिसोर्टहरु बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको सङ्ख्यामा स्थानीयले रोजगारी पनि गुमाए ।

निकुञ्जभित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराइ ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जङ्गल लज सञ्चालनमा छ । मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटलहरुको समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी)ले रु एक अर्बभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ ।

ठूलो लगानीमा मेघौलीमा रिसोर्टहरु सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी रिसोर्टहरुले अधिकतम् ७०० अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री गरिरहेका छन् । मेघौली सौराहको तुलनामा निकै शान्त छ । सौराहमा जस्तो भीड पनि छैन । यहाँ पर्यटकहरु शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन् ।

मेघौली पर्यटन विकास समितिले यहाँ बेतारी खोला परियोजनाका नाममा बोटिङ सञ्चालन गर्ने योजना बनाएको छ । समितिले आर्थिक वर्ष २०८२÷८३ मा यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माण सुरु गर्ने योजना बनाएको जनाएको छ । हाल मेघौलीमा साना र ठूला गरी करिब २० वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् भने केही घरबास पनि छन् ।

मेघौलीलाई लक्षित गरी विगत दुई दशकदेखि पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत मनिष लिम्बू यो क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका लागि उत्कृष्ट भएको बताउनुहुन्छ । “अहिले अधिकांश पर्यटकहरु वन्यजन्तु अवलोकन गर्न, विभिन्न प्रजातिको चरा हेर्न तथा अध्ययन गर्न, जङ्गल वाक तथा सूर्यास्तका लागि मेघौली आउन थालेका छन्”, उहाँले भन्नुभयो, “मौसम सफा भएको समयमा यहाँबाट माछापुच्छ«ेलगायतका हिमालसमेत देख्न सकिन्छ ।”

बिहानदेखि सुनिने विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरबिरदेखि जिप र हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्ज एक्सप्लोरका लागि मेघौली पहिलो रोजाइको गन्तव्य बन्न थालेको छ । रिसोर्टहरुले पनि बोटिङ, जङ्गल वाकका साथै जङ्गल सफारीजस्ता सुविधालाई लक्जरी प्याकेजमा समावेश गर्दै आएका छन् । जङ्गल सफारीका लागि रिसोर्टहरुले हात्ती पालेका छन् । हात्ती सफारीका साथै हात्तीसँग दिन बिताउनका लागि पनि पर्यटकहरु मेघौली पुग्न थालेका छन् ।

Previous Post

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

Next Post

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ

metakhabar

metakhabar

सम्बन्धित खबर

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In