• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

by
२९ पुस २०७९,
0
आलेखः बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ ।

कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ । गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ ।

‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताए ।

सधन उपचार कक्ष ९आइसियु०मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ । “कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन । भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ । त्यस्ता आमाहरुको दूध अमृत कोषमा राख्ने गर्दछौँ”, डा उपाध्यायले भन्नुभयो, “जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन् । त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ ।” शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन् । अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन् ।

बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ । भनिन्छ आमो दूध नै बच्चाको पहिलो खोप हो । छ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन । तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन् ।

अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताए । “नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर एक हजार जनामा २१ जना रहेको छ”, उनले भने , “बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराउँदै आएको छ । अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ ।”

कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउन गरिएको थियो । उहाँले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताउछन् । उनले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताए ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ ।

समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेको बच्चा, आमाको दूध राम्रोसँग दूध तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध खुवाउने गरिन्छ ।
दैनिक दुई हजार ५०० सम्म सङ्कलन

मिल्क बैंकमा पहिले दैनिक तीन सय ५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार ५०० मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ । दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार ५०० मिलिलिटरसम्म दूध बैंकमा जम्मा हुने गरेको प्रमुख कल्यसन्ट्यान्ट डा अधिकारीले बताउँछन् ।

उनका अनुसार एक आमाले एक दिनमा दुई पटकसम्म बैकमा दूध जम्मा गर्ने गर्दछिन् । अस्पतालमा भर्ना भएकी अम्बिका बस्नेतले अहिलेसम्म सबैभन्दा बढी एकै चोटी दिनमा दुईपटक गरी एक सय ७० एमएल र एक सय ८० एमएल दिनुभएको अस्पतालसँग तथ्याङ्क रहेको छ ।

एक बच्चालाई एक दिनमा न्यूनतम् ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ । दुई÷दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । औसतमा दैनिक सात÷आठ जना बच्चाका आमाले दूध मिल्क बैंकमा राख्ने गर्दछन् ।

उहाँका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका समयमा नै नजन्मिएका, अशक्त बच्चा, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताउँछन् । “हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ”, उनले भने , “अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन । सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ ।” उहाँ कहिलेकाहीँ मात्र बाहिरबाट आमाहरुले दूध दान गर्न आउने गरेको बताउँछन् ।
दूधलाई गरिन्छ निर्मलीकरण

सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइने गरिन्छ । निर्मलीकरण गरिसकेपछि दूधलाई छ महिनासम्म खुवाउन मिल्ने डा उपाध्याय बताउँछन् । निर्मलीकरण गरिएको दूध माइनस २० डिग्री सेल्सियसमा राखिएकाले छ महिनासम्म बिग्रँदैन ।

निर्मलीकरण भनेको दूधमा रहेको पौष्टिक तत्वलाई नबिग्रने गरी अरु किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो । बैंकमा जम्मा भएको दूधलाई ६२ डिग्री सेल्सियसमा तताइन्छ र उक्त तातेको दूधलाई चार डिग्रिसेल्सिएसमा झारेर निर्मलीकरण गरिन्छ । निर्मलीकरण गरेपछि दूधमा रहेको किटाणु मरेर जान्छ र दूध खानयोग्य हुन्छ ।

निर्मलीकरण गरेपछि दूधमा किटाणु छ कि छैन भनेर परीक्षण गरिन्छ र किटाणु नभए बच्चालाई दूध खान दिइन्छ । उनले आफ्नै आमाको दूध बच्चालाई खुवाउने हो भने निर्मलीकरण आवश्यक नभएको बताउँछन् । अस्पतालले अहिले सङ्कलन गरिएको दूध हप्तामा दुई पटक निर्मलीकरण गर्ने गरेको छ । अस्पतालसँग निर्मलीकरण गर्ने मेसिन रहेको छ ।
अझै अपुग दूध

बैंकमा पर्याप्तमात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ । दैनिक चार हजार मिलिलिटर आवश्यक रहेको बैंकमा अहिले दुई हजार ५०० मिलिलिटर मात्र दूध सङ्कलन हुने गरेको छ ।

अस्पतालका उपनिर्देशक डा उपाध्यायले अस्पतालमा भर्ना भएका शिशु सबैलाई दूध उपलब्ध गराउन नसकेको बताए । “सबैलाई दूध उपलब्ध गराउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ”, उनले, “अहिले दूध चुस्न नसक्ने र आमाको दूध नआउने बच्चालाई मात्र दूध दिएका छौँ ।”
यसरी सङ्कलन गरिन्छ

बच्चालाई आमाले दूध खुवाएपछि बचेको दूध बैंकमा दान गर्न स्वास्थ्यकर्मीले परामर्श गर्छन । अस्पतालको प्रमुख कन्सल्यन्ट्यान्ट डा अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक श्ययामा गई शिशुका आमालाई बैंकमा दूध दान गर्न परामर्श गर्ने गरेको बताए । “तपाईंको बच्चाले दूध खाइसक्यो अब बाँकी भएको दूध त्यो अरु दूध नआउने आमाको बच्चालाई खुवाउनु पर्दछ भन्ने सिकाउँछौँ । बच्चाको आमा दूध दान दिन तयार भएपछि मात्र भने दूध सङ्कलन गरिन्छ”, उनले भने ।

उनका अनुसार पहिले पहिले तीन÷चार जनाले दूध दान गर्ने गरेकामा अहिले त्यो सङ्ख्या आठसम्म पुगेको छ । उनले छ वटा इलेक्टिक मेसिन र १२ वटा हातले दुहेर दूध सङ्कलन गरिन्छ । दूध दिने आमामा कुनै रोग छ कि छैन भनेर परीक्षण गरेपछि मात्रै आमा स्वस्थ्य भएमा दूध दान गर्न सक्छिन् ।

सङ्कलन गरिएको दूध चिह्न लगाई डिपफ्रिजमा भण्डारण गरिन्छ । सङ्कलन गरिएको दूधलाई पुलिङ, त्यसपछि निर्मलीकरण र परीक्षण, फेरि चिह्न लगाई डिपफ्रिजमा राखिन्छ । निर्मलीकरण गरिएको दूध खानायोग्य भएपछि चिकित्सकको परामर्शमा वितरण गरिन्छ ।

Previous Post

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

Next Post

अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति, चीन रूष्ट

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति, चीन रूष्ट

अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति, चीन रूष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In