• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

metakhabar by metakhabar
२० बैशाख २०८२,
0
रूपसे झरनामा पर्यटकीय पूर्वाधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालिएको छ ।

चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।

सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, झर्‍याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए ।

“संघीय सरकारले रु तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रूपसे झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,” उनले भने “झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रूपमा अवलोकन गर्ने व्यवस्था मिलाउने उद्देश्य रहेको छ ।”

विसं २०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले रु तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना विसं २०८२ पुस २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्की र पहिरो नियन्त्रण गर्न ग्यावीयन पर्खाल निर्माण भइरहेको छ । सो ठाउँको जग्गा सम्माएपछि प्रवेशद्वार, खाजा घर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताए । फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भिरमा फलामको रड राखेर ‘रक एङ्करिङ’ गरिएको छ ।

करिब ३०० मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङ्छङ् गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृश्य अवलोकन स्थल बनाउन लागिएको छ ।

हिर्काउँदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसरदेखि रूपसे झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रूपसे झरनाको नजिकै छ ।

विस २०७७ साउनमा रूपसे खोलामा आएको बाढीले त्यहाँ निर्माणाधीन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरूप बनाएको थियो ।

बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुन:निर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्बिर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटक चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रूपसे झरनामा घण्टौँ समय बिताउँछन् । रूपसे झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडा सदस्य लालबहादुर पुनले बताए।

Previous Post

संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : ‘प्रचण्ड’

Next Post

हेटौंडामा सडक भासिँदा माछा बोक्ने पिकअप जमिनमुनि पुरियो

metakhabar

metakhabar

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
हेटौंडामा सडक भासिँदा माछा बोक्ने पिकअप जमिनमुनि पुरियो

हेटौंडामा सडक भासिँदा माछा बोक्ने पिकअप जमिनमुनि पुरियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In