• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

metakhabar by metakhabar
१९ बैशाख २०८२,
0
आलेखः सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १९ वैशाखः नेपालकै पुरानो दरबारका रुपमा चासो र चर्चा कमाएको लमजुङ दरबार सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी मानिन्छ । नेपालका बाइसे–चौबिसे राज्यहरू अस्तित्वमा रहेका समयमा निर्मित गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबारजस्तै यो दरबार पनि इतिहासका अध्येताका लागि एउटा जीवन्त पाठशाला बनेको छ ।

शासक र राज्य व्यवस्थाको परिवर्तनले पुराना दरबारहरुको महत्व घट्दै गए पनि पर्यटक र इतिहासका अध्येताका लागि भने यी महत्वपूर्ण गन्तव्य बन्दै गएका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको यो दरबार जीर्ण बनेसँगै अहिले तीन वर्षयता पुरातत्व विभागले जगैदेखि भत्काएर निर्माण गरिरहेको गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले जानकारी दिनुुभयो ।

समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा सोह्रौँ शताब्दीमा बनेको दबार जीर्ण भएपछि पुरातत्व विभागबाट बनाउन थालिए पनि यसको निर्माण कार्य चाँडो सम्पन्न नहुँदा यहाँ आउने पर्यटकहरू समेत चिन्तित बनेको उहाँले जानकारी दिनुुभयो । शुरुमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण गर्ने भनिए पनि यसको समयावधि लम्बिँदै जाँदा समस्या भएको उहाँको भनाइ छ ।

निर्माण कार्य चलिरहेका कारण दरबारमा पुग्ने पर्यटकहरू परिसरको अवलोकन गर्दै यहाँस्थित यशोब्रह्म शाहको सालिक अगाडि उभिएर तस्बिर खिचाउँदै फर्कने गरेका छन् । दरबार परिसरमा निर्मित यशोब्रह्म शाहको सालिक उदिपुरस्थित श्रीजङ्ग गणले निर्माण गरिदिएको हो । यशोब्रम्हा शाहको शालिक पर्यटकहरूको महत्वपूर्ण आकर्षण बन्ने गरेको छ । करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गर्ने भनिएको दरबार तीन वर्षयता निरन्तर बन्ने क्रममा रहेको बताउँदै उहाँले सुरुको वर्षमा एक करोड १४ लाख र दोस्रो वर्षमा रु ४२ लाख विनियोजन भई काम भएको जानकारी दिनुुभयो ।
पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण अघि बढेको र यो दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । तीन वर्षसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा विभिन्न चाडपर्वमा आउने दर्शनार्थीका साथै पर्यटकले असहज महसुस गर्ने गरेका छन् ।

शाहवंशीय शासनको उद्गमथलो लमजुङस्थित यस दरबारमा कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई १५४० सालमा लमजुङका खजे दुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गराएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरेको इतिहासमा उल्लेख छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोब्रह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा १५५० सालमा राजगद्दीमा आसिन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह १५९८ सालमा राजा भए । उनीपछि क्रमशः चुडा शाह विसं १६४५, अचित शाह विसं १६६२, नरेन्द्र शाह विसं १६९३, केहरिनारायण शाह विसं १७३३, भीम शाह विसं १७९४, रिपुमर्दन शाह विसं १७९८ र वीरमर्दन शाह विसं १८०२–१८३९ गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहासमा पढ्न पाइन्छ ।

शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घले राजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजे दुरालगायतका दुराहरुको पहलमै लमजुङमा घले राजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका स्थानीयवासी देवबहादुर गुरुङले जानकारी दिनुुभयो । शाहवंश आउनुअघि यहाँ घले राजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रव्य शाह राइनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे ।

द्रव्य शाहको ११औँ पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकपछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरे पनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।

दरबारसँगै यहाँस्थित गाउँशहर कालिका मन्दिर ठूलो धार्मिक आस्था र विश्वास जोडिएको तीर्थस्थल हो । वर्षको चारपटक मात्रै खुल्ने भएका कारण यसको विशिष्ट महत्व रहेको मन्दिरका मुख्य पुजारी सोमराज बरालले जानकारी दिनुुभयो । यशोब्रम्हा शाहलाई कास्कीकोटबाट ल्याएसँगै पोखराबाट पुजारीका रुपमा बरालहरूलाई सँगसँगै ल्याइएको इतिहास छ । उहाँका अनुसार प्रत्येक वर्ष बडा दसैँ, चैते दसैँ, श्रीपञ्चमी र न्वागीका अवसरमा मात्रै यो मन्दिर खुल्ने गर्दछ ।

मन्दिरमा २२ जना सुसारेद्वारा पूजाआजा तथा संरक्षण हुने गरेको र यहाँस्थित देवीलाई बाइस सुसारेमध्येका बराल, बोहोरा, आले र रानाले मात्रै हेर्न पाउने उहाँले जानकारी दिनुुभयो । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् । दरबार परिसरमा यशोब्रह्मा शाहको सालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजङ्ग गणले सालिक निर्माण गरेको हो ।

दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिकीको ओखल, जाँतो, सिलौटोजस्ता सामग्रीहरु अहिले पनि देख्न पाइन्छ । ती ऐतिहासिक वस्तुहरुको संरक्षण हुनसके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासीहरू बताउँछन् । मन्दिरहरु, ढिकी, जाँतो र राजाका सेनाहरुले सुरक्षा दिने भवनहरु यतिबेला भग्नावस्थामा छन् । दरबारमा राजाहरुले प्रयोग गर्ने गरेका ठूला तोप, रोचा आदि प्राचीन महत्वका सामग्रीहरू संरक्षित अवस्थामा रहेको पुजारी बरालले जानकारी दिनुुभयो ।

दरबारमा रहेको कालिका मन्दिरमा चैतेदसैँको घटस्थापनादेखि अष्टमीसम्म र वडादसैँ घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला लाग्ने गर्दछ । यहाँ हुने पूजाका लागि गुठी संस्थानबाट बडादसैँमा रु चार लाख ८४ हजार र चैतेदसैँमा रु तीन लाख ९० हजार पूजा व्यवस्थापनका लागि पठाउने गरिए पनि समयसापेक्ष रुपमा उक्त खर्चले व्यवस्थापन धान्न समस्या हुने गरेको अध्यक्ष बोहोराको भनाइ छ ।

बडादसैँमा यहाँको प्रचलित विधानअनुसार २८ वटा बोका, छवटा राँगा, एक÷एकवटा सुँगुर र भेडाको बलि दिनुपर्छ । त्यस्तै, विभिन्न जिम्मामा रहेका सुसारेलाई पनि यसै रकमबाट उनीहरूको पारिश्रमिक दिने गरिएको छ । गुठी संस्थानले मालपोत कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुुभयो ।

करिब १६ रोपनी क्षेत्रफलमा फैलिएको दरबार लमजुङको बेंसीशहरबाट आठ किलोमिटरको दूरीमा पुग्न सकिन्छ । दरबारमा सवारीसाधनबाट करिब ४५ मिनेटमा पुग्न सकिन्छ भने पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ । विभिन्न शैक्षिक संस्था, इतिहासका अध्येतासँगै विभिन्न समूहमा आबद्ध व्यक्तिहरू दरबार क्षेत्रको भ्रमणका लागि आउने गरेका छन् । कस्केली अधिकृत समाजले हालै लमजुङ दरबार क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुुभयो । ऐतिहासिक एवम् पुरातत्विक स्थलहरूको संरक्षण आवश्यक भएको बताउँदै उहाँले यसका लागि स्थानीयवासीका साथै राज्यका सबै तह र निकायको सामूहिक प्रयास जरुरी रहेको बताउनुुभयो ।

भावी पुस्तामा ऐतिहासिक सम्पदाको जानकारीका लागि यस्ता सम्पदास्थलको संरक्षण अपरिहार्य हुने समाजका सचिव महेश पौडेल बताउनुुहुन्छ । “हाम्रा पुरातात्विक सम्पदासँगै इतिहासलाई भावी पुस्तामाझ पु¥याउनु आवश्यक छ”, उहाँले भन्नुुभयो, “यस्ता सम्पदालाई प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्न सकिएमा यो प्रयास मुलुकको आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण आधार बन्न सक्दछ ।” सम्पदाहरूको संरक्षण एवम् प्रवद्र्धनमा स्थानीयवासीको विशेष भूमिका हुने बेंसीशहर नगरपालिका–३ का वडाध्यक्ष चित्रबहादुर दनाईको धारणा छ । ऐतिहासिक यस दरबारको संरक्षण र पर्यटकीय उपयोगमा यहाँका स्थानीयवासीको जागरुकता आवश्यक रहेको बताउँदै उहाँले स्थानीय तहबाट गर्नुपर्ने सहयोगका लागि आफूहरू तयार रहेको बताउनुुभयो ।

Previous Post

बारपाकको दलितबस्ती: ‘बत्तीमुनिको अँध्यारो’

Next Post

मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल

मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In