• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बारपाकको दलितबस्ती: ‘बत्तीमुनिको अँध्यारो’

metakhabar by metakhabar
१९ बैशाख २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा, १९ वैशाख: खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण ।

यही टहरोभित्र यसैवर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहनुभएको छ । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उहाँसहित सात जना ओत लागिरहेका छन् । “के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका बस्तुमात्र कालाम्य भएका छैनन्, म र ससाना भाइबहिनीको भविष्य पनि अलमलमा छ । धुवाँ जाने ठाउँ छैन् । बानी नहुने मान्छेहरू एकछिन् पनि बस्न सक्दैनन्”, खाना बनाउँदै गर्नुभएकी अमृताले भन्नुभयो,“हामी सात जनाले खाने, बस्ने, सुत्ने सबै यही ठाउँ हो । जति सफा गर्दा पनि हुँदैन, एकैछिनमा उस्तै फोहर भइहाल्छ ।”

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प जाँदा उहाँ छ वर्षकी हुनुहुन्थ्यो । भूकम्पले उठिबाँस लगाएपछि बुबा आमाले झ्याउँकुटी पार्दै उहाँलाई यहाँ ल्याउनुभएको थियो । “त्यो बेलाको भूकम्प राम्रोसँग याद छ । भूकम्पअघि हामी डाँडागाउँ, गैरीगाउँमा बस्थ्यौँ । ढुङ्गामाटोले बनेको दुईतले घर थियो । आँगन पनि ढुङ्गाले छापेको थियो”, विगत सम्झँदै अमृताले भन्नुभयो, “एक्कासी भूकम्प आयो । हाम्रो घर माटोमै मिल्यो । घडेरी पनि पहिराको जोखिममा प¥यो । अनि यहाँ आएका हौँ, त्यसयता यही त्रिपालमुनि बस्नु परेको छ ।”

सात जना परिवार एकैठाउँ बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको उहाँको गुनासो छ । “साह्रै सकस छ । हुर्केको दाजुभाइ, बाउआमा सबै एकैठाउँमा सुत्न, बस्न गाह्रो हुन्छ । कोही पाहुना आउँदा झनै गाह्रो”, अमृताले सुस्केरा हाल्दै भन्नुभयो ।

सबैभन्दा धेरै समस्या त महिनावारीका बेला हुन्छ । न प्याड फेर्ने ठाउँ छ न कपडा । शान्तसँग आराम गर्ने वातावरण पनि छैन । “महिनावारी हुँदा साँझमा वा एकाबिहानै तल बारीतिर गएर प्याड फेनुपर्छ । दिनभरचाहिँ सबैजना यहीँ भएकाले गाह्रो हुन्छ । दिउँसो एकछिन आराम गर्ने वातावरण पनि छैन”, उहाँले पीडा सुनाउनुभयो ।

यो समस्या अमृताको मात्रै होइन, यस बस्तीका हरेक किशोरीहरूको हो । केही समय अघिमात्र महिनावारी भएकी १२ वर्षीया आयुषा विक महिनावारीभन्दा पनि यहाँको वातावरणसँग त्रासित छन् । हिमालय माविमा कक्षा ५ मा अध्ययनरत उहाँलाई महिना–महिनामा भइरहने यस कुराले साह्रै पिरोल्छ । प्याड फेर्न साँझ वा एकाबिहानै बारीमा जानुपर्दा महिनावारीभन्दा बढी पीडा छ आयुषालाई । “धेरै रगत बग्छ, साँझमात्र लुकेर प्याड फेर्न जानुपर्छ”, उहाँले सुनाउनुभयो,“दिउँसो घरमा दाइ, भाइ, बाबा हुन्छन् । स्कुल जाँदाचाहिँ उतै फेरेर आउँछु ।”

यो बस्तीमा एउटा पनि व्यवस्थित शौचालय छैन । पानीको अभाव उस्तै छ । महिनावारीको समयमा शौचालय प्रयोग गर्दा र नुहाउँदा निकै समस्या झेल्नु यहाँका हरेक युवतीको नियती हो । “शौचालय पनि भत्किने जस्तो छ, फोहर त्यस्तै । महिनावारीको समयमा शौचालय प्रयोग गर्न धेरै समस्या हुन्छ”, १२ वर्षीया आयुषाले दुःखेसो पोख्नुभयो ।

यहाँकी ३० वर्षीया दिपासा विकलाई सित्केरी भएको अठार महिनामात्रै पुगेको छ । भूकम्पले बिचल्लीमा परेकी उहाँको दिन यही बस्तीको अभावसँग जुध्दै बितिरहेको छ । “यहीँ जन्मँे, बिहे पनि गाउँमै गरेँ । भूकम्पले गर्दा आफ्नो व्यवस्थित घरबाट उठिबास भएर यस्तो झुपडीमा आउनुप¥यो । दुई नानीबाबु यही झुपडीमा जन्मिए । यहाँ भोको समस्या बयान गरेर साध्य छैन्”, उहाँले भन्नुभयो ।

गर्मीमा असाध्यै गर्मी अनि जाडोमा असाध्यै जाडो । यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी र दिपासाजस्ता सुत्केरीहरूले भोग्नुपरेको साझा पीडा हो । सरकारी स्वामित्वमा रहेको यस बस्तीमा २१ घरधुरीका ५० भन्दा धेरै मानिस बसोबास गर्छन् । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जोकोहीलाई त्यहीँमुनि खोल्साको छेउमा रहेको दलित बस्तीले गिँज्याइरहेको छ ।

विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पले यहाँका एक हजार १०० घरधुरी क्षणभरमै ढले । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरू पनि महिना दिनसम्म खुला आकाशमुनि बसे । पछि डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ दलित परिवार कृषि र पशु कार्यालयको स्वामित्वमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ परिवार फेरि आआफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिराले राङरुङ खोलासम्म पुग्यो । फर्किनसक्ने अवस्था नभएपछि ती परिवारले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । त्यो पहल १० वर्षसम्म पनि सफल भएको छैन ।

राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवासुविधा दिइन्छ तर भूकम्पको केन्द्रबिन्दु बारपाककै दलितबस्तीमा भने हालसम्म कसैले ध्यान दिन नसकेको गुनासो छ । त्यसैले भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दा पनि टहरोकै बास बस्नुपरेको छ ।

यहाँका अगुवा सुकबहादुर विक आफूहरूलाई बास माग्दै ८६ पटक सिंहदरबार धाउनुभयो तर सुनुवाइ भएको छैन । “१० वर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर यो बस्तीलाई पुनःस्थापना गर्ने लडाईं १० वर्षसम्म पनि वारपार भएको छैन । एउटा पार्टीको सरकारले जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ काम रोकिन्छ । राजनीतिक कारणले नै २१ परिवारलाई दुःख दिने काम भइरहेको छ”, उहाँको गुनासो छ ।

पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ परिवारका नाममा गरिनुपर्ने अर्का अगुवा उत्तम विकको माग छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट भने जति प्रयास गर्दा पनि सो माग पूरा गर्न नसकिएको बताउनुहुन्छ । जग्गाको स्वामित्व हस्तान्तरणको काम नहुँदा अन्य व्यवस्थापकीय काम गर्न समस्या भएको उहाँको भनाइ छ । “जति प्रयास गर्दा पनि सफल भएका छैनौँ । अब त वैकल्पिक दिनुपर्छ । यसरी समस्यामा पार्नु राम्रो होइन”, अध्यक्ष भट्टले भन्नुभयो ।

Previous Post

नीति तथा कार्यक्रममा स्वास्थ्यः गम्भीर प्रकृतिका रोगको उपचार स्वास्थ्य बिमाबाटै

Next Post

आलेखः सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
आलेखः सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

आलेखः सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In