• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो

metakhabar by metakhabar
१६ बैशाख २०८२,
0
रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर) : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ  रथारोहण गराउनुभएको हो ।

रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो । ञवाल गुठका नाइके प्रेम महर्जनका अनुसार आजको चार दिनपछि रथ तानेर गावहाल पु-याइन्छ । “गावहालमा नौ टोलले जात्रा मनाउँछ, गावहाल पु-याएको भोलिपल्ट भोज गरिन्छ”, उहाँले भन्नुभयो ।

ञवाल गुठीका गुठियार रत्न डंगोलका अनुसार रथ बनाउन सुरु भएको १५ दिनमा सम्पन्न हुन्छ, जावलाखेल नपु-याएसम्म मर्मत गर्ने काम ञवाल गुठीले नै गर्नुपर्ने हुन्छ । “मच्छिन्द्रनाथसँगै १०८ लोकेश्वर हुन्छन्, लोकेश्वरमध्येका पद्मवाणी लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न ल्याउनुनुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल मच्छिन्द्रनाथको पाउमा अर्पण गरियो । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्नुभएको थियोे”, उहाँले भन्नुभयो ।

भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रुपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने पुजारी (३२ पानेजुमध्येका एक) कमलराज बज्राचार्यले बताउनुभयो । “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्ने परम्परा छ भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओढाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु-याइन्छ”, उहाँले भन्नुभयो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियोे ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारूकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ ।

करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ  नरेन्द्रदेवका छोरा राजा बरदेवले बनाउने चलन चलाएको मानिने पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन्,“ उहाँले भन्नुभयो ।

रक्तावलोकितेश्वर मुहार अरूणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी  गराउनुभयो। वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।

Previous Post

‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In