• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभा बैठक : आन्दोलनरत शिक्षक माग सम्बोधन गर्न सरकारलाई सांसदहरुको आग्रह

metakhabar by metakhabar
१५ बैशाख २०८२,
0
प्रतिनिधिसभा बैठक : आन्दोलनरत शिक्षक माग सम्बोधन गर्न सरकारलाई सांसदहरुको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे । उनहरूले सरकारले वार्तामार्फत शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरू गर्ने अवस्था गर्न जोडदार माग गरे ।

सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । “आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ । आन्दोलनमाथि सरकारी दमनको भत्र्सना गर्दछु”, सांसद ज्वालाले भने । उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।

सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । “हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ”, सांसद अर्यालले भने । उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे । यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराइन् ।

अर्का सांसद डा.तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइनु् । उनले तत्काल गल्छी फराकिलो बनाउनका लागि ढुङ्गा निकाल्ने अवस्था सिर्जना गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराइन् । सांसद निशा डाँगीले डिजिटल नेपालको परिकल्पना कार्यान्वयनमा जोड दिइन् ।

सांसद दीपकबहादुर सिंहले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानार्कषण गराए । सांसद नागिना यादव, पुष्पबहादुर शाह र प्रतिमा गौतमले नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्ने अभिव्यक्ति प्रमाणहीन भएको भन्दै आपत्ति जनाइन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बिना प्रमाण र आधारहीन आरोपपूर्ण अभिव्यक्ति फिर्ता लिनुपर्ने उनीहरूले बताए ।

यस्तै, सांसद ठाकुरप्रसाद गैरेले पाल्पा जिल्लाको सिद्धेश्वरमा आइतबार राति भएको दुर्घटनामा मृतकहरूको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको गराउन माग गरे ।

Previous Post

आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

Next Post

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

metakhabar

metakhabar

सम्बन्धित खबर

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In