• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सातै प्रदेशले पायो मुख्यमन्त्री, कहाँ को ?

by
२८ पुस २०७९,
0
सातै प्रदेशले पायो मुख्यमन्त्री, कहाँ को ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बुधबार चार मुख्यमन्त्रीहरू नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । गत आइतबार सत्ता गठबन्धनबीच केन्द्रमा सहमति भएपछि सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेको हो ।

मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीहरू नियुक्त भएका छन् । योसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएको हो । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशले यसअघि नै मुख्यमन्त्री पाइसकेका थिए ।

कुन प्रदेशमा को बने मुख्यमन्त्री ?

प्रदेश–१ः हिक्मत कार्की, नेकपा एमाले
प्रदेश– १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । उनी गत आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री कार्कीलाई समर्थन गरेपनि माओवादी केन्द्र भने असन्तुष्ट छ । केन्द्रले प्रदेश–१ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि माओवादी केन्द्र प्रदेश–१ असन्तुष्ट बनेको हो ।

माओवादी प्रदेश–१ ले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । सरकारमा सहभागिताका लागि माओवादी प्रदेश–१ ले केन्द्रको निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । सत्ता साझेदार दल माओवादीले प्रदेश –१ मा मुख्यमन्त्री दाबी गरेको थियो ।

मधेश प्रदेशः सरोजकुमार यादव, जसपा
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल ९जसपा०का सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहको समेत उनलाई समर्थन छ । उनले आगामी शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

बागमती प्रदेशः शालिकराम जमकट्टेल, माओवादी केन्द्र
बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र बागमतीका संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

१ सय १० सदस्यीय रहेको बागमती प्रदेशमा उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिँदैछन् ।

गण्डकीः खगराज अधिकारी, नेकपा एमाले
नेकपा एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका छन् । उनलाई गत सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समेत समर्थन जनाएका छन् । उनले शुक्रबार विश्वासको मत लिँदैछन् ।

लुम्बिनीः लीला गिरी, नेकपा एमाले
लुम्बिनीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा० र नाउपाका चार÷चार, जसपा, लोसपा र जनमत पार्टीका तीनरतीन र दुई स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

कर्णाली प्रदेशः राजकुमार शर्मा, माओवादी केन्द्र
कर्णालीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राप्रपका एक÷एक जना प्रदेश सांसदले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ ।

सुदूरपश्चिमः राजेन्द्रसिंह रावल, एमाले
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् । एमालेका १०, माओवादी केन्द्रका ११, नाउपाका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नाउपाले निर्णय लिन ढिला गरेको थियो । उसले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा नाउपाले समर्थन गरेको छ ।

सत्ता साझेदार दलबीच गत आइतबार प्रदेशको बाँडफाँड भएको थियो । सात प्रदेशमध्ये प्रदेश–१, गण्डकी र लुम्बिनी नेकपा एमालेले र कर्णालीमा माओवादी केन्द्रले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

बागमती र सुदूरपश्चिममा भने एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यस्तै मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आधा(आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, केन्द्रको निर्णयमा असहमति जनाउँदै प्रदेश–१, कणार्लीमा भने केही विवाद सिर्जना भएको छ । यद्यपि, कणार्लीमा भने आधा(आधा सरकारको नेतृत्व गर्ने एमाले(माओवादीबीच सहमति भइसकेको छ । प्रदेश–१ को विवाद भने कायमै छ ।

Previous Post

मौसम पूर्वानुमानः देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

Next Post

कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस् –सम्राट अशोक

सम्बन्धित खबर

जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
आवाज

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

१ चैत्र २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
Load More
Next Post
कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस् –सम्राट अशोक

कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस् –सम्राट अशोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In