• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा व्यावसायिक केराखेतीः एक याममा तीन लाख आम्दानी

by
२४ चैत्र २०८१,
0
वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक रु एक लाखसम्म आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ चैतः मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । करिब १० कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले एक याममा रु तीन लाख आम्दानी गरिरहनुभएको छ ।

वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गर्र्नुभएको हो । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उहाँले बताउनुभयो ।

गिरीले ‘जि-नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताउनुभयो । “रुखोपाखो जग्गा भएकाले धान रोप्दा रु १० हजार नाफा हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले केरा बेचेर एक याममा रु तीन लाख आम्दानी भइरहेको छ ।” खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब रु एक लाख खर्च हुने जनाउँदै उहाँले हरेक याममा रु दुई लाख बचत गरिरहेको उल्लेख गर्नुभयो ।

मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।

यहाँ उत्पादित केरा स्थानीय बजारबाहेक काठमाडाैँ, पोखरासम्म पुग्ने गरेको किसान बताउँछन् । केराखेतीमा लागेका अधिकांश किसान मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केका हुनुहुन्छ । पाँच कठ्ठादेखि ५० बिघासम्म जमिनमा केराखेती लगाउने किसान जिल्लामा रहेका केन्द्रले जनाएको छ ।

विसं २०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गर्नुभएको थियो । त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जग्गामा केराखेती गरेपछि अन्य क्षेत्रमा पनि यसको अनुकरण हुन थालेको पाहिमले बताउनुभयो ।

विसं २०७१ मा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हाल क्षेत्रफल विस्तार भएर जिल्लामा एक हजार ९०० हेक्टरमा व्यावसायिक खेती भइरहेको भन्दै जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिघरी रु पाँच सयदेखि सात सयसम्ममा बोटबाटै बिक्री हुने गरेको कृषक गिरीले बताउनुभयो । कम मेहनत र पुँजीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढ्न थालेको उहाँको धारणा छ ।

खेती विस्तार, प्राविधिक ज्ञानलगायत क्षेत्रमा स्थानीय सरकार, ज्ञान केन्द्र तथा अन्य सरोकार भएका निकायले अनुदान दिने, बजारीकरणमा सहजीकरण गर्ने, कृषि बिमामा सहयोगलगायत कार्यक्रम सञ्चालन गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका गिरीले बताउनुभयो । उहाँका अनुसार मल, सिँचाइ, हुरी, कीराको सङ्क्रमण, उचित उपचारको अभावलगायत कारणले केराखेती गर्न चुनौती थपिँदै गएको छ ।

झापाका किसानले चिनीचम्पा, मालबोक, जि-नाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Previous Post

कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

Next Post

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In