• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बबरमहलमा संयुक्त कला प्रदर्शनी

by
२३ चैत्र २०८१,
0
बबरमहलमा संयुक्त कला प्रदर्शनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ चैतः बबरमहलस्थित नेपाल कला परिषद्मा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गर्नुभएको छ । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् ।

प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएको छ । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ ।

कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।” उहाँले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाउनुभयो । उहाँका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएको छ ।

कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतार्नुभएको छ । उहाँले भन्नुभयो, “म शिवजीको भक्त हुँ, उहाँका सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेट्ने प्रयास गरेकी हुँ ।”

पौभा कलालाई मूलधारमा समेट्दै अघि बढ्नुभएकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेको छ । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उहाँका कृति उत्कृष्ट देखिएका छन् । उहाँले भन्नुभयो, “सहस्रभुजा लोकेश्वरको पौभा बनाउन साढे दुई वर्ष लाग्यो, महाकालको पौभा कला बनाउन दुई वर्ष लाग्यो ।” उहाँको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।

कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक जीवनमा हामीले भगवान्को स्वरुप देखेका छैनौँ र सानो छँदा आमाले सही र गलतबीचको फरक फूलको बिरुवाको उदारहण दिँदै बताउनुभएको थियो, त्यसैलाई कल्पना गर्दै क्यानभासमा उतारेकी हुँ ।”

कलाकार सगुन शाह सिंहको कलामा भगावन् गणेशका अनेक भावहरु समेटिएका छन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सानैदेखि म गणेश भगवान्को व्रत बस्थे, गणेश भगवानप्रतिको लगाव नै चित्रहरुमा कुँदिएका छन् ।”

ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताउनुभयो ।

वरिष्ठ कलाकार शशिविक्रम शाह नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणीे गर्नुभयो । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उहाँको भनाइ थियो ।

वरिष्ठ साहित्यकार पद्मावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताउनुभयो । प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेको बताउनुभयो ।

Previous Post

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Next Post

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक: प्रधानमन्त्री

सम्बन्धित खबर

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक: प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In