• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाँचथरमा डढेलोको भयङ्कर रुप: एकको मृत्यु, जलेका घरको विवशता,बाल्टीमा पानी लिएर छानोमा बस्नुपर्ने बाध्यता

by
२३ चैत्र २०८१,
0
पाँचथरमा डढेलोको भयङ्कर रुप: एकको मृत्यु, जलेका घरको विवशता,बाल्टीमा पानी लिएर छानोमा बस्नुपर्ने बाध्यता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर। बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर ९फुस०को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो ।

सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो ।

बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।

डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन । सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहेका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रवार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बसेका थिए।

घरको वरिपरी डढेलोबाट निस्केको धुँवाले ढाकिसकेको थियो । खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपु¥याए जोगाउन नसकिने भएपछि उहाँले करीव दुई घण्टा पानी बोकेर छानो माथि बसे ।

“आगो घरभन्दा करीव ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो । त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन । आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ”, उनलेभने, “आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौँ ।”

श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए । उनजस्तै आगो निभाउने गएका अरु मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए । करीव १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ ।

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ । वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका वस्तीमा पस्ने गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाएपनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिए ।

सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन ।

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको विहीवार मृत्यु भएको थियो । विहीवार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए ।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पु¥याइएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।

Previous Post

चैत्र शुक्ल अष्टमी : चैते दसैँ

Next Post

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In