• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु…

by
२२ चैत्र २०८१,
0
आलेखः कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा), २२ चैतः वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् ।

सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आउनुभएको छ ।

“कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हे¥यै गरेका हुन्छौँ,” घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भन्नुभयो, “हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन् ।” ४७ वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाउनुहुन्छ । चौहान आफू राजमिस्त्री भएको बताउनुहुन्छ । “आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपथ्र्याे र ?” उहाँले भन्नुभयो, “छ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डो¥याएको हो । दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएको छु ।”

चौहानले काम पाउँदा आफूले दैनिक रु ९०० कमाई गर्ने बताउनुहुन्छ । “जग्गाको नाउँमा पाँच धुर जग्गामा एउटा घर मात्रै छ,” उहाँले भन्नुभयो, “दैनिक रु ९०० को ज्याला मजदुरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।” चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला हुनुहुन्न । उहाँजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ जना मजदुर आउने गर्छन् । यहाँ दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका–२२ का ४५ वर्षे राज करिम पनि हुनुहुन्छ । “काम पायो भने त सात जनाको परिवार पाल्न कुनै गाह्रो छैन,” उहाँले भन्नुभयो, “काम पाएन भने त परिवारका सदस्यलाई के खुवाउने भन्ने चिन्ताले सताउने गर्छ ।” करिमका अनुसार वीरगञ्जमा ‘लेबर’ (मजदुर) काम गर्ने मजदुरको ज्यालादारी पनि समान नभएको गुनासो पोख्नुहुुन्छ । “हाम्रो कामको कुनै दररेट छैन । कसैले एक दिनको ७५० दिन्छन् । कसैले ६०० के गर्नु काम नगरेर पनि भएन,” उहाँले भन्नुभयो, “पहाडी जिल्लाको तुलनामा तराई–मधेसमा ज्याला निकै कम पाइने गर्छ ।” घण्टाघर चोक वर्षांैदेखि श्रमिक र रोजगारदाताका लागि चौतारी बन्दै आइरहेको छ ।

वीरगञ्ज महानगर–२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने दाबी गर्नुहुन्छ । “दिनदिनै कामको खोजीमा आउने गर्छाैं । तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ,” उहाँले भन्नुभयो, “काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि ।”

साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जाे टार्दै आइरहेको बताउनुभयो । “म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ,” उहाँले भन्नुभयो, “जे काम पाइन्छ त्यही गर्ने हो । हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि ।” साह मजदुरहरु बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा पर्खिने बताउनुहुन्छ । “दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छाैं,” उहाँले भन्नुभयो, “दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो ।”

घण्टाघरमा भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रालि वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुरको खोजीमा आएको बताउनुभयो । “प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ । त्यसका लागि मजदुर चाहिएर यहाँ लिन आएको हुँ,” उहाँले भन्नुभयो, “आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं ।” सञ्चालक शेखले औसतमा मजदुरहरुको दररेट ६०० देखि ७०० रुपैयाँ रहेको बताउनुभयो ।

रौतहटको गौर नगरपालिका–६ सबगाडा स्थायी घर भएका मोहमद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा पर्नुहुन्छ । “लेबर मजदुरको काम दिनदिनै भने पाइँदैन । तीन दिन काम ग¥यो । फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ ।” मियाँले मुस्किलले दैनिक रु साढे ३०० बचत गर्ने बताउनुहुुन्छ । “गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ,” उहाँले भन्नुभयो, “काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ ।”

वीरगञ्ज महानगरपालिका–२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदुर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदुरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे । “यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ,” उहाँले भन्नुभयो, “गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ जस्तै गरेर चल्दै आइरहेको बताउनुभयो । “घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गर्नुुहुन्छ । उहाँहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक हुनुहुन्छ,” उहाँले भन्नुभयो, “कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ ।”

अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताउनुभयो । “उद्योगधन्दामा नयाँ खालका मजदुरलाई बिस्तारै काम सिकाएर काममा पोख्त बनाएर काम गराउने गर्छाैं,” उहाँले भन्नुभयो, “मौसमी काम गर्ने मजदुरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ । उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदुर व्यवस्थापन गर्न समस्या हुने गर्छ ।”

बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदुर कार्यरत छन् । करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ । पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्याङ्क छैन, तर ८०० देखि एक हजार २०० को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार ६४६ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या १२६ रहेको छ । बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार २२५ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने १५२ रहेको छ ।

Previous Post

युवालाई दमाहा बजाउने कला सिकाइँदै

Next Post

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In