• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

by
२१ चैत्र २०८१,
0
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिनुभयो ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तरराष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तरराष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको प्रयोगात्मक अभ्यासबाट नैतिकवान सीपयुक्त जनशक्ति तयार हुने बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले कोर बुद्धिजम र एप्लाईड बुद्धिजम गरी दुई सङ्कायमा शैक्षिक कार्यक्रम सञ्चालन गरी अन्तरराष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले बुद्धका शिक्षालाई विश्वव्यापी रुपमा शिक्षण गराउन आवश्यक देखिएको उल्लेख गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यही लक्ष्य लिई काम गरेको बताउनुभयो । सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वभरका विश्वविद्यालयलाई एकअर्कामा जोड्दै स्वदेशी विश्वविद्यालयको विकासमा अनुदान आयोगको कार्य गरिरहेको बताउनुभयो ।

भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्राडा अभयकुमार सिंहले मानव संसाधनको विकासमा बौद्ध दर्शन अनिवार्य सर्त रहेको जिकिर गर्दै यसबाट अहिले आवश्यक रहेको नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा कविता शाहले दीगो र आधुनिक शिक्षा विकासका लागि बौद्ध प्रज्ञा अनिवार्य भइसकेको बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका प्राडा धु्रवकुमार गौतमले उच्च शिक्षालाई औद्योगिक जनशक्तिको आवश्यकतासँग जोड्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले श्रमबजारसँग जोडेर गएमात्रै उच्च शिक्षाको प्रभावकारिता देखिने भएकाले त्यसतर्फ सबै विश्वविद्यालय लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले चौथो औद्योगिक क्रान्तिको चरणमा त्यस्तै क्षमताको मानव संसाधन उत्पादनको जिम्मेवारी विश्वविद्यालयमा रहेको बताउनुभयो । राजर्षिजनक विश्वविद्यालयका प्राडा अमरप्रसाद यादवले स्थानीय औद्योगिक व्यवासायिक सङ्घ संस्थाको सम्पर्कबाट विश्वविद्यालयले शैक्षिक कार्यक्रम चलाउँदा जनशक्ति खपत हुने सम्भावना बढिरहेको आँैल्याउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले परम्परागत पूर्वीय सभ्यतालाई अङ्गिकार गर्दा नैतिकवान जनशक्ति उत्पादन हुने भएकाले लुम्बिनी बौद्ध र संस्कृत विश्वविद्यालय सहकार्य तथा अनुसन्धानमा जुट्न आवश्यक रहेको बताउनुभयो ।

विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपति डा अर्जुन कार्कीले परम्परागत चिकित्सा पद्दतिको विकासका लागि प्राविधिक शिक्षालाई मूलधारमा राखेर अनुसन्धान आवश्यक देखिएको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले सोवा रिग्पा मेडिसिन जस्ता विषयलाई प्राथमिकतामा राखेर उच्च शिक्षा सञ्चालनमा जोड दिने समय आएको बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालाले चौथो औद्योगिक क्रान्तिमा एक देशमै बसेर विश्वव्यापी काम गर्न सकिने अवस्था आउँदै गरेको उल्लेख गर्दै त्यसको व्यवस्थापकीय पक्षलाई अहिलेदेखि नै नेपालले बलियो बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयमा विद्यार्थी अभाव चुनौतीपूर्ण अवस्था बढिरहेकाले यसको समाधानका लागि श्रमबजारसँग जोड्ेर शैक्षिक कार्यक्रम सञ्चालनको आवश्यकता आँैल्याउनुभयो । नियोन विश्वविद्यालय जापानका प्रोफेसर हिरासावा कात्सिकोले मानव संसाधन व्यवस्थापनमा सूचना प्रविधि महत्वपूर्ण रहेकाले विश्वविद्यालयहरुले ग्लोबल नेटवर्क स्थापना गरी प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध शिक्षाको विश्वव्यापीकरणबाट उच्च प्रविधियुक्त जनशक्ति शीलयुक्त हुने बताउनुभयो । उहाँले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि उपकुलपतिहरुको सम्मेलनबाट ठोस घोषणापत्र जारी हुने बताउनुभयो । कार्यक्रमअन्तर्गत पहिलो दिन मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा ११ देशका अध्येताले २४ कार्यपत्र प्रस्तुत गरेका छन् ।

दोस्रो दिन उपकुलपतिहरुबीच तीन सत्रमा छलफल हुने कार्यक्रम तय भएको छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक सहकार्य विषयको एउटा सत्र तथा नेपालमा उच्च शिक्षाका चुनौती र अवसर ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्काे सत्र सञ्चालन हुनेछ । यस्तै नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन ः दीगो विकास लक्ष्यसँगको सहकार्य विषयमा तेस्रो सत्र सञ्चालन हुने छ । सम्मेलनमा नेपाल, भारत, चीन, कम्बोडिया, जर्मनी, जापान, लाओस्, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताको सहभागिता रहेको छ ।
–––

Previous Post

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

Next Post

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

सम्बन्धित खबर

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
Load More
Next Post
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In