• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास

by
१९ चैत्र २०८१,
0
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ चैतः पर्यटन, व्यापार र शिक्षा क्षेत्रमा सहकार्यका साथै बौद्ध संस्कृति एवं परम्पराले निकट बनाएको नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि प्रारम्भ हुने थाइल्याण्डको औपचारिक भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपाल र थाइल्याण्डबीच सरकारी तहमा मात्र नभई जनस्तरमासमेत घनिष्ठ सम्बन्ध छ । थाइल्याण्डमा नेपाली मूलका करिब ८० हजार नागरिकको बसोबासले पनि दुई देशबीचको अनुपम सम्बन्धलाई झल्काउँछ ।

सांस्कृतिक तथा सभ्यताका मूल्यमान्यताले जोडिएको थाइल्याण्डसँगको नेपालको सम्बन्ध आपसी सद्भाव र समझादरीमा आधारित छ । सन् १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो अझ सुमधुर बन्दै गएको छ ।

भगवान् बुद्धका उपदेश र त्यसबाट विकास भएका मूल्य–मान्यता नेपाल र थाइल्याण्डका जनतालाई आपसमा जोड्ने एक प्रमुख कडिका रुपमा रहेका छन् । थाइल्याण्डका जनताका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र तीर्थस्थल हो । पारस्परिक सम्बन्धलाई धार्मिक रुपमा सबल बनाउन लुम्बिनीमा थाइल्याण्ड सरकारले बौद्ध विहार पनि निर्माण गरेको छ ।

राजा जनक र जनकपुरप्रति थाइ जनताको अगाथ आस्था र श्रद्धा रहेको पाइन्छ । पछिल्लो समय पर्यटन, सामुद्रिक क्षेत्रको अवलोकन, अध्ययन र व्यापारका लागि थाइल्याण्ड जाने नेपालीको सङ्ख्या बढ्दो रहेको व्याङककस्थित नेपाली राजदूत धनबहादुर ओलीले बताउनुभयो ।

नेपाल र थाइल्याण्डबीचको व्यापारिक आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई सघन बनाउन सघाएको छ । थाई नागरिकले नेपालको उत्पादन तथा पर्यटन उद्योगमा लगानी गरेका छन् । यद्यपि थाइल्याण्डसँगको हाम्रो व्यापार घाटामा छ । नेपालबाट जडीबुटी, हस्तकलाका सामान, छुर्पी, नेपाली कागज, अल्लोका कपडा निर्यात हुन्छन् भने थाइल्याण्डबाट विद्युतीय उपकरण, मोटरकारलगायत सवारी साधानका सामान, तयारी पोशाक र फलफूल आयत हुँदै आएको छ । थाई नागरिक नेपालको भ्रमणमा पनि आउने गरेका छन् । सन् २०२३ मा २५ हजारभन्दा बढी थाई पर्यटक नेपाल आएका थिए ।

Previous Post

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

Next Post

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

सम्बन्धित खबर

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
Load More
Next Post
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In