• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

by
१६ चैत्र २०८१,
0
विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), १६ चैतः वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको हो ।

स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गर्नुभएका उहाँहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहनुभएको छ ।

अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किनुभएको हो । उहाँहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत हुनुहुन्थ्यो । विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरु गरेका तीन मध्येका एक अमिर निरौलाले बताउनुभयो ।

उहाँहरुले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गर्नुभएको थियो । सुरुमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाउनुभएको थियो । जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ । सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ ।”

विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउनुहुन्छ । उहाँहरूले चार बिघा क्षेत्रफलमा काँक्रा रोप्नुभएको छ भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसम अनुसारका सागपात लगाउनुभएको छ ।

फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भन्नुभयो, “वर्षमा एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक रु ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर रु २० लाखदेखि रु ३० लाखसम्म बचत हुन्छ ।”

उहाँका अनुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन् । फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ । उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन् ।

गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा रु ३५ लाख बढीको क्षति भएको उहाँहरूले बताउनुभयो । यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताउनुभयो । बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ । कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उहाँहरुको अनुभव छ ।

नगरपालिकाले अनुदानमा ‘मिनी टिलर’ उपलब्ध गराएको छ । साथै मल बीउ अनुदान स्वरुप सहयोग गरेको छ । जसले गर्दा कृषि उत्पादनमा लागत घटाउन मदत पुगेको छ ।

बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन् । उहाँले भन्नुभयो, “बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो ।”

प्रत्येक वर्ष नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक सागपातखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायतमा सहयोग गर्दै आएको छ ।
—

Previous Post

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

Next Post

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In