• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

by
१५ चैत्र २०८१,
0
सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाँै नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।

संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, महिला, दलित, आदिवासी जनजातिलाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो । “कसैले वंश शासन ल्याउने खोजे ठूलो मूल्य चुकाउनुपर्छ”, उहाँले भन्नुभयो, “देश र जनताको भलो नगरेको राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन ।”

जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएको टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुर्मुराउने प्रयास गरिरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो । “जनतालाई सामन्ती व्यवस्थाको खाँचो छैन, फेरि पनि जनतालाई उत्पीडनमा पर्न दिँदैनाँै”, उहाँले भन्नुभयो, “अबको यात्रा पश्चगमन नभई अग्रगमन हो ।”

महासचिव चन्दले किसान, मजदुर, युवा, विद्यार्थीलगायत आमनागरिकले भोग्दै आएको समस्या समाधान गरेर जान सरकारलाई सुझाव दिनुभयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गराउन गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सार्वभौम अधिकारप्राप्त आमनागरिक कोही पनि राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । आमसभाअघि समाजवादी मोर्चाले काठमाडौँको विभिन्न स्थानबाट जुलुस निकालेको थियो ।

Previous Post

तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड

Next Post

प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्नुहुने

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्नुहुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In