• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन

by
१४ चैत्र २०८१,
0
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, १४ चैतः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो खण्डको मार्फा-जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनीसँग छलफल गरी मार्फा-जोमसोम खण्ड आगामी वैशाखभित्र कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको हो ।

कोवाङ–जोमसोम १७ किलोमिटर सडकअन्तर्गत १२ किमी कालोपत्र हुँदा मार्फा-जोमसोम चार किमी र थासाङ-१ टुकुचेमा एक किमी सडक नौ महिनादेखि कालोपत्र हुन सकेको छैन । प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जिल्लाका रुग्ण आयोजनाको विकास, निर्माणलाई यथाशीघ्र सम्पन्न गरी यात्रा सहज बनाउने विषयमा केन्द्रित रहँदै उक्त खण्डको कामलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार तयार गर्न निर्माण कम्पनीलाई दिर्नेशन दिइएको जानकारी दिनुभयो ।

बैठकमा मार्फा-जोमसोम सडकमा कालोपत्र नहुँदा पर्यटक तथा स्थानीय नागरिकलाई परेको समस्या, समाधानका उपायलगायत विषयमा छलफल भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको बेनी-जोमसोम सडकको चौथो खण्डमा हालसम्म छ पटक म्याद थप भइसकेको छ ।

निर्माण कम्पनीले कोवाङबाट मार्फासम्म कालोपत्र सम्पन्न भएको उल्लेख गर्दै जोमसोम क्षेत्रमा करिक २०० सय मिटर सडकमा आरसिसी सडक विस्तार गरिसकिएको जनाएको छ । निर्माण कम्पनीले चालु आवको सुरुदेखि हालसम्म मार्फा-जोमसोम खण्डको चार किमीमा आंशिक मात्र काम गरेर सडक अलपत्र पारेको छ ।

आयोजनासँग पप्पु-गौरी-पार्वती र कोशी एण्ड न्योपाने जेभीले ठेक्का सम्झौता गरेका थिए । कोशी एण्ड न्यौपानेले कोवाङ-जोमसोम सडक कालोपत्र अघि बढाएको थियो । ठेक्का लागत रु ७० करोड रहेको कोवाङ-जोमसोम सडकको काममा ढिलासुस्ती भएपछि मुख्य निर्माण कम्पनी पप्पु-गौरी-पार्वती काममा फर्किएको थियो । काममा फर्किएको उक्त कम्पनीले पनि नौ महिनादेखि काम नगरी सडक अलपत्र पारेको थियो ।

करिब ९० प्रतिशत भौतिक प्रगति भइसकेको कोवाङ-मार्फा खण्डमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि चालु वर्षको असोजदेखि ठेक्का लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ भुसालले बताउनुभयो । जिल्लाका रुग्ण आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले कोवाङ-जामसोम वैशाखभित्र सम्पन्न गर्न अन्तिम पटक निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रजिअ भुसालले अब पनि छलछामले काम नहुने भन्दै एक हप्ताभित्र काम सुरु नगरे निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो । “निर्माण कम्पनीले यही चैत २० गतेभित्र कालोपत्र गर्न आवश्यक जनशक्ति, उपकरणसहित कार्यस्थलमा खटिने प्रतिबद्धता जनाएको छ”, उहाँले भन्नुभयो, “काम २१ चैतदेखि सुरु नगरेमा ठेक्का अन्त्य गर्नेगरी ‘अल्टिमेटम’ दिएका छौँ, प्रत्येक दिन कामको प्रगति विवरण बुझाउन आयोजनालाई निर्देशन दिएका छौँ ।”

बेनी-जोमसोम-कोरला खण्डका आयोजना प्रमुख ध्रुव झाले मार्फाबाट जोमसोमसम्मको चार किमीमा वैशाखभित्र कालोपत्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले प्रतिबद्धता जनाएकाले कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । “एक साताभित्र सडक कालोपत्रको काम धमाधम सुरु हुनेछ । हामीले जनशक्ति, आवश्यक सामग्री र उपकरण व्यवस्थापन गर्न निर्माण कम्पनीलाई ध्यानार्कषण गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “चैत २१ देखि काम सुरु हुन नसकेमा ठेक्का अन्त्य गरी कालोसूचिमा राख्ने तयारी गरेका छौँ ।”

यसैबीच, कोवाङ-जोमसोम खण्डको निर्माण कम्पनी पप्पु-गौरी-पार्वतीका प्रमुख ठेकेदार रामकुमार थापाले उक्त खण्डमा आगामी वैशाखभित्र अस्फाल्ट कालोपत्र सक्नेगरी काम थाल्ने तयारी भइरहेको भन्दै प्रशासन र आयोजनासमक्ष प्रतिबद्धता जनाउनुभयो । “उक्त खण्डमा कालोपत्रका लागि सबग्रेड, सवबेस, बेस, प्राइम कोट र कालोपत्र गर्नेगरी काम अघि बढाएका छौँ, ढुक्क हुनुस् अब वैशाखभित्र कालोपत्र सकिन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मुस्ताङ खण्डको घाँसाबाट मुक्तिनाथ र कागबेनी क्षेत्रमा काम सकिँदा कोवाङ-मार्फा-जोमसोम खण्डको चार किमी सडक कालोपत्र नभएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन् । उक्त खण्ड कालोपत्र भएमा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटक तथा स्थानीय नागरिकलाई आवागमनमा सहज हुनेछ ।

Previous Post

‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’

Next Post

सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

सम्बन्धित खबर

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समाचार

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

२ भदौ २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

२ भदौ २०८३,
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
समाचार

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

२ भदौ २०८३,
Load More
Next Post
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In