• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशविदेशमा फैलिँदै छ ‘माघी’

by
२६ पुस २०७९,
0
दाङमा थारुहरुको पर्व माघीको रौनक सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ – थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।

काठमाडौँ उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गङ्गटा जस्ता परिकार खाने चलन छ ।

यसवर्ष माघी पर्व यही पुस ३० र आगामी माघ १ मा मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए। सो पर्वका अवसरमा स्थानीय टुँडिखेलमा करिब एक सय कक्ष रहने छन् ।

‘पछिल्लो वर्ष कोरोना कहरले गर्दा माघी मनाउन सकेका थिएनौं, तर यसवर्ष कोरोना कम भएकाले स्वास्थ्य सतर्कता अपनाउँदै मनाउने छौँ, प्रमुख अथितिका रूपमा प्रधानमन्त्रीलाई बोलाएका छौँ’, उनले थपे, ‘एउटा कक्षको बुकिङका लागि नौ हजार पाँच सय तोकिएको छ जसमा थारूका विभिन्न परिकारका खानेकुरा उपलब्ध हुन्छ । सुरुआतमा मोटरसाइकल र्‍याली गरेर टुँडिखेल परिक्रमा गरिने छ ।’

टुँडिखेलमा कार्यक्रम गर्न मगर समुदायसँग आधाआधी भाग प्रयोग गर्ने विषयमा सम्झौता भएको बताइएको छ । मगरहरू माघ १ गते ‘मकर सङ्क्रान्ति’ पर्व मनाउँछन् ।

पहिला काठमाडौँमा थारू समुदायको बसोबास कम थियो । पछिल्लो समय भने तिनको बसोबास बढ्दै गएकाले खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको माघी महोत्सव मूलआयोजक समितिका पदाधिकारी तथा कीर्तिपुर पाँगास्थित बरघर रेस्टुराँका सञ्चालक सीताराम थारूले बताए। ‘पहिला थोरै सङ्ख्यामा थारू बसोबास गर्थे तर पछिल्लो समय उनीहरू काठमाडौँका विभिन्न ठाउँमा भित्रिएकाले सबैलाई समेट्न टुँडिखेलमा माघी महोत्सव मनाउन थालेका हौँ’, उनले भने, ‘पहिला एक महिनासम्म माघी मनाउने गरिन्थ्यो, तर पछिल्लो समय पुस ३० गते र माघको १ गते मात्रै मनाउने गरिएको छ ।’

थारूहरूले सामूहिक खेती गर्न थालेपछि माघी पर्व मनाउन थालेको लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले बताए । ‘मङ्सिरसम्म धानबाली भित्र्याइसकिएको हुन्छ । कसले केके गर्ने भन्ने समीक्षा यही महिनामा गरिने भएकाले माघी पर्वका रुपमा अघि बढाइएको हो ।’

तत्कालीन मन्त्री गोपाल दहितका पहलमा विसं २०५९ मा माघी पर्वलाई राष्ट्रिय मान्यतासहित थारूको मुख्य पर्वको मान्यता दिइएको हो । थारु संस्कृतिविद् दहितले भने, ‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला म मन्त्री थिएँ, त्यसबेलै मौका पाएर मैले पहिलो माघ महोत्सव राख्न आग्रह गरेँ र त्यसबेलादेखि मनाउन थाल्यौँ’, उनले भने, ‘हाम्रो मुख्य उद्देश्य थारूहरूको पर्वलाई देश हुँदै विदेशमासमेत परिचित गर्ने थियो ।’

उनका अनुसार पहिला सीमित गाउँमा मात्रै माघी मनाइएकोमा अहिले देशदेखि विदेशमासमेत माघी मनाउँदै जाँदा यो मुख्य पर्वका रूपमासमेत परिचित भएको छ । अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतार जस्ता देशमा रहेका थारूले समेत माघी पर्वमा छुट्टी लिएर मनाउने गरेका छन् ।

उनले भने, ‘पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडौँका हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।’ तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गङ्गटो, माछा, घोँगी जस्ता परिकार अहिले लोकप्रिय भएको जनाइएको छ ।

‘थारूहरूको पहिरनका रूपमा लगाइने गरगहना तथा कपडा लोप भएको अवस्था थियो, तर काठमाडौँमा माघ महोत्सव मनाउन थालेपछि, यसको प्रयोग बढेको छ’, उनले जिकिर गरे ।

माघी किन मनाइन्छरु
थारूहरू धेरैजसो कृषि पेसामा आवद्ध भएको र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । । पहाड र काठमाडौँ उपत्यकामा यसै दिनपर्ने माघे सङ्क्रान्ति एक दिन मात्रै मनाइ पनि थारू समुदायले भने माघ महिनाभरि नै मनाउँछन् ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । थारू समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिस मिलेर सुङ्गुर काट्ने चलन छ । त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा सुङ्गुरको मासु, ढिक्री, रोटी, माछाआदि परिकार तयार गरिन्छ । त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यसपर्वमा छोक्रा नाच र ढुमरु गाउने गरिन्छ ।

माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन्, जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि गाउँभरी ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । यस पर्वमा उनीहरू वर्षभरीका सुखदुःखका कुरा साटासाट गर्छन्, घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ ९ बरघर० र चौकीदार चुन्ने कार्य पनि हुन्छ ।

केही समय पहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ ।

–सन्तोष थारू रासस

Previous Post

नौ जना फरार प्रतिवादी पक्राउ

Next Post

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

सम्बन्धित खबर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
Load More
Next Post
एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In