भारतीय फिल्म जगत्का सुपरस्टार अमिताभ वच्चन कुनै जमानामा कलकत्ताको सडकमा फाइल लिएर नोकरीको खोजीमा भट्केर हिँड्थे । उनको सुरुवातका फिल्महरु फ्लप भए, तर उनले हिम्मत हारेनन् ।
चाखलाग्दो कुरा यो छ कि पछि गएर आफ्नो मधुर आवाजको कारणले देशभरी नै धुम मचाउने अमिताभलाई आकाशवाणी रेडियोले अयोग्य घोषित गरिदिएको थियो र एउटा फिल्म रेशमा र और शैरामा उनले लाटोको भूमिका निभाए । १९७५ मा दीवार र शोले एकैसाथ रिजिल भए, जसले अमिताभलाई सुपरस्टारको दर्जा दिलायो ।
अमिताभलाई लोकप्रियता यसै कुराबाट बुझ्न सकिन्छ कि कुलीको सुटिङ हुँदा जब अमिताभलाई चोट लाग्यो र उनको जीवन खतरामा थियो, तब सम्पूर्ण देशमा मानिसहरु प्रार्थना गरिरहेका थिए । उनलाई मन पराउनेहरुले उनलाई भगवान्सरह मान्थे । उनीहरुले मन्दिर बनाउन लगाए, जसमा ईश्वरको सट्टामा अमिताभको मूर्ति राखिएको छ ।
फिल्मको अपार लोकप्रियतापछि पनि अमिताभको संघर्ष समाप्त भएन । १९९५ मा उनले एबीसीएल कम्पनी स्थापना गरे । जुन नराम्रोसँग घाटामा चल्यो । उनलाई ९० करोडको ऋण लाग्यो । अदालतमा ५५ वटा केस चल्यो । उनीसँग एउटा घरमात्र बचेको थियो र त्यसमा पनि लिलामीको आदेश थियो । अमिताभले चाहेको भए स्वयंलाई टाट पल्टेको घोषित गरेर बच्न सक्थे, तर उनी आफ्नो नीतिको पक्का अनुशरण गर्दथे यसैले उनले विज्ञापनमा खेले तथा कडा मेहनत गरेर एक एक पैसा चुकाए । उनको लोकप्रियताको कारण उनीद्वारा प्रस्तुत टिभी क्विज कार्यक्रम कौन बनेगा करोडपति भारतको नम्बर वान शो बन्यो ।
साभारः ‘सफलता’ पुस्तकबाट