शरीरको कुनै पनि आन्तरिक अंग असमान्य प्वालबाट बाहिर निस्कनुलाई हर्निया भनिन्छ । हर्निया धेरै प्रकारका हुन्छन् । जस्तै ः इंग्वाइनल हर्निया, फीमोरल हर्निया, अम्बिलकल हर्निया । प्रभावित क्षेत्र अनुसार यसका लक्षणहरु फरक परmक हुन्छन् । यसको सामान्य लक्षण छालाको भित्र भागमा नराम गाँठो जस्तो निस्कनु र गाँठो बिस्तारै बढ्नु तर नदुख्नु जस्ता लक्षणहरु देखिन्छन् ।
हर्निया विशेष गरी पुरानो कब्जियत हुनु, दिसा गर्दा बढी बल प्रयोग गर्नु, मलमुत्रको वेग रोक्नु, ज्यादा वजनदार बस्तु उठाउनु, लामो समयसम्म शारीरिक परिश्रम वा व्यायाम नगर्नु, ज्यादै यौन सम्पर्क गर्नु, रक्सी सेवन गर्नु, जथाभावी गलत खाना खानु र आवश्यकता भन्दा बढी खानु जस्ता कारणले हुनेगर्छ ।
प्राकृतिक उपचार, सन्तुलित आहारविहार, योगाभ्यासको माध्यमबाट यसको रोकथाम गर्न सकिन्छ ।
यस रोगबाट बच्नका लागि—
— एकै पटक टन्न खाना नखाई बेला बेलामा थोरै खाँदै गर्नुपर्छ ।
– राम्ररी चपाएर खाने र खाना खाएको बेला पानी नपिउने ।
– खानामा प्रशस्त तरकारी र फलफूलहरु, बियाँहरु, बदाम, गहुँका परिकार समावेश गर्नुपर्छ ।
– भात–दाल मात्र नखाई आधा भन्दा बढी फलफूल र तरकारीले पेट भर्नुपर्छ ।
– भोजन लिनुअघि फलफूलको जु लनु उपयोगी मानिन्छ ।
– गाँजरको जुस नियमित सेवन गर्नु लाभदायक मानिन्छ ।
– धुम्रपान, मद्यपान नगर्ने
– कडा चिया, कफी, पुरानो अचार आदि खानुहुँदैन ।
— दैनिक खानामा मेथी र सौफको प्रयोगले यसलाई नियन्त्रण गर्न सकिन्छ
– गह्रौँ भारी उठाउनु हुँदैन
– कब्जियत हुनबाट बच्ने ।
– मनोक्रान्ति गहन आरामको अभ्यास दैनिक २ पल्ट गर्ने ।
– पेटमा तेल मसाज गर्ने गरेमा पनि यसको रोगको नियन्त्रण गर्नसकिन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट