अमेरिकाको भ्रमणपछि घर फर्किएको मदनले आफ्नी श्रीमतीसँग सोधेछ— ए बुढी, के म विदेशीजस्तो देखिन्छ त ?
श्रीमतीः पटक्कै देखिनुहुन्न, किन र ?
मदनः ल, मलाई त एकजना अमेरिकन केटीले न्यूयोर्कमा तपाईं विदेशी हो भनेर सोध्दै थिई ।
एकैछिनमा निको भैहाल्छ
गाउँमा एक जना केटो अलि गोज्याङ्ग्रे रहेछ । एक दिन ऊ वनमा दाउरा काट्न भनी बन्चरो लिएर गएछ र धेरै बेर घाममा बसेछ । उठेर हिँड्न खोज्दा त बन्चरो तातेको रहेछ ।
अनि सोचेछ, ओहो ! बन्चरोलाई त ज्वरो आएछ । ऊ दाउरा नकाटी घर फर्कियो । त बाटोमा आउँदा आउँदै पानी परेछ । पानीले गर्दा बन्चरो चिसो भएछ । तब उसले एउटा नयाँ कुरा थाहा पाएछ, पानीले बन्चरो निको हुँदो रहेछ । जब ऊ घरमा पुग्यो तब उसकी आमालाई हनहनी ज्वरोले च्यापेको रहेछ । ऊ हत्तपत्त आफ्नी आमालाई बोकेर नजिकैको पोखरीमा पु¥याएर डुबाउँदै भनेछ— एकछिन है आमा, अब तपाईंको ज्वरो एकैछिनमा निको भइहाल्छ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













