• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

by
१६ फाल्गुन २०८१,
0
ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोलबजार (सिरहा), १६ फागुनः कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् ।

बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालिएको छ । “पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीभित्र सानासाना व्यवयासी मात्र थियो”, लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादव भन्नुहुन्छ, “तर अहिले सडक फराकिलोसँगै बजारमा ठूलठूला पक्की भवन र ठूला पसल खुल्न थालेका छन् ।” कुनैबेला दुर्गम मानिने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित विद्यापति मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिण्डा–खुर्कियाही सडक छेउका बस्ती सुगम क्षेत्र बनेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिकालाई केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा मानिथ्यो तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला लक्ष्मीपुर पतारी क्षेत्र मधेस प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापति मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुर पतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहहरीसम्मको उक्त सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिरहाले सडक कालोपत्र गरेपछि स्थानीयलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । “छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो”, पोखरभिण्डा गाउँका स्थानीय सन्तोष साह भन्नुहुन्छ, “तर सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।”

सडक डिभिजन कार्यालय लहानले सिरहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडकहरु निर्माण भएपछि विकासले गति लिनुका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् । “पहिला पहिला सडक जीर्ण हुदाँ सवारीसाधन त्यति नचल्दा गाउँमा उत्पादन भएको तरकारी सहज रुपमा लहान बजारसम्म पु¥याउन समस्या हुन्थ्यो”, लक्ष्मीपुर पतारीका श्रवण महतो भन्नुहुन्छ, “तर अहिले थुप्रै सङ्ख्यामा अटो रिक्साहरु चल्न थालेपछि ती बालीहरु बजार पु¥याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उहाँको भनाइ छ ।

वर्षांैदेखि जीर्ण रहेको सो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । रु १८ करोड ७४ लाख ९९ हजार नौको लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौँले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ । विसं २०८२ असारसम्ममा उक्त सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सबइञ्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उहाँका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँ बाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिहेको छ भने गाउँ क्षेत्रमा नालासमेत निर्माण गरिएको छ ।

निर्माणाधीन विद्यापति मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इञ्जिनियर आशुतोष कर्णले बताउनुभयो । प्रावधिक रुपमा केही भेरियसन गर्नुपर्ने भएकाले सडकको बाँकी कार्य छिट्टै अगाडि बढाइने उहाँको कथन छ । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोक हुँदै चकदह, प्रमाणपुर र वडा नं १० पटेर्वा चोकसम्म निर्माणाधीन सडकको काम पनि तीव्र रुपमा भइरहेको छ । कूल आठ किलोमिटर पाँच सय मिटर लामो सो सडकमा हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने चरणमा पुगेको डिभिजन सडक कार्यालय लहानले जनाएको छ ।

गौरी पार्वती के एण्ड केजी जेभीले २०८१ मङ्सिर १७ गतेसम्म काम सक्नेगरी २०७९ मङ्सिर १८ मा ठेक्का सम्झौता गरेकामा रकम सुनिश्चित नगरिँदा केही ढिलाइ भए पनि अहिले काम तीव्र रुपमा भइरहेको निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनियर भूपेन्द्र सिफैलया बताउनुहुन्छ । उहाँले थपिएको म्याद अघि नै काम सकिनेगरी निर्माणको काम अघि बढ्ेको बताउनुभयो ।

बलान नदीको छेउबाट निर्माण भइरहेको सो सडकले आवागमनमा सहजता मात्र नभई बलान नदीले बर्सेनि गर्दै आएको कटान र डुबानको समस्यासमेत समाधान हुने स्थानीयको बुझाइ छ । “हाम्रा लागि यो बाटो अत्यन्तै महत्वपूर्ण र वरदान नै बनेको छ”, बैरवनका स्थानीय जिवछ यादव भन्नुहुन्छ, “सडक निर्माण भएपछि गाडी गुडाउन पनि सहज हुन्छ र वर्षायाम बलान नदीले गर्ने कटान र डुबानबाटसमेत बचाउँछ, यो हाम्रा लागि ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो । कूल रु २७ करोड आठ लाख १६ हजारको लागतमा निर्माण भइरहेको यस सडकको भौतिक प्रगति ३३ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि विश्व सुवेदीको भनाइ छ ।

यस्तै उदयपुरको पुरानो सडकसँग सप्तरी लोकमार्ग दूरी छोट्याउन २०२५ सालमा ट्रयाक खोलिएको मोतीगढा–जोगीदह खण्ड निर्माणको कामले पनि तीव्रता पाएको छ । करिब १२ किलोमिटरको सो सडकलाई पनि कालोपत्र गर्ने गरी काम अघि बढेको डिभिजन सडक कार्यालय लहानका प्रमुख कर्ण बताउनुहुन्छ । कर्णका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडकहरु निर्माण भइरहेको छ ।

ती योजनाअन्तर्गत उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै पुरानो सडक मोतीगढा–जोगीदह खण्डमा कालोपत्र गर्न लागिएको छ । दुई लेनको सडक कालोपत्र गर्नेगरी रु २८ करोड ४३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरी धमाधम काम गरिरहेको छ । आवश्यकपर्ने रकम सुनिश्चित नगरिँदा त्रियुगा नगरपालिका वडा नं १, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–१०, ९, २, ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर सडकअन्तर्गत मोतीगढा–जोगीदह–रुपनीसम्मको करिब १२ किलोमिटरको सडक आव २०८१÷८२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेको निर्माण व्यवसायी मनिकुमार दाहालले बताउनुभयो । उक्त सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्नेगरी अघिल्लो आवमा अर्थिक वर्ष काम वर्ष सुरु गरेको थियो ।

डिभिजन सडक कार्यालय लहानका इञ्जिनियर सञ्जीव साहका अनुसार सडक स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माण, ठूला सानागरी २२ वटा कल्भर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत काम भइरहेको छ । करिब रु २५ करोडभन्दा बढी लागत अनुमान रहेको सो योजनामा सरकारले चालु आवमा रु अढाइ करोड मात्र बजेट उपलब्ध गराएको छ ।

Previous Post

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

Next Post

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In