शरीरलाई जतिजति सुविधाभोगी बनायो यसको क्षमता त्यतित्यति ह्रास भएर जान्छ । शारीरिक श्रमविना पेट र शरीरको यथोचित व्यायाम कहिल्यै हुँदैन । व्यस्तताको नाममा हामी शरीर र पेट दुवैमाथि अत्याचार गरिरहेका हुन्छौँ, जबकि आफ्नो काम आफै गर्ने सिद्धान्तअनुसार हलुका शारीरिक परिश्रम गर्दा न कोही सानो हुन्छ, न त अव्यावहारिक नै ।
बरु यसो नगर्दा खाएको खानेकुरा पोषण, आयु र तागतको साटो रोग, शोक र दुःखको कारण बन्न पुग्दछ । तसर्थ, श्रमशील बनौँ । कम्तिमा एकाध घण्टा नियमित रुपले शारीरिक श्रम गरौँ । होइन भने आचार्य श्रीराम शर्माले भने जस्तो मधुमेह र माटोपनको रोगी हुनबाट कसैले बचाउन सक्दैन ।
उहाँ भन्नुहुन्छ— मधुमेह तथा मोटोपन अकर्मण्यता र कामचोर प्रवृत्तिको तीतो प्रतिफल हो ।’
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट












