• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    ‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    ‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

by
५ फाल्गुन २०८१,
0
आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रूपमा चिनिन्छ । पहिले यत्रतत्र छरपस्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । वासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको सङ्ख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।

दुर्लभ पक्षीका रूपमा लिइने गिद्ध लोप हुन नदिन खरैनी सामुदायिक वन समूहले संरक्षण अभियान थालनी गरेपछि गिद्धको सङ्ख्या बाक्लिँदै गएको छ । पाल्पा रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी नदीको तटमा रहेको यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको छ । आहार अभावमा ६० को हाराहारीमा गिद्ध रहेको यस वन क्षेत्रमा हाल ३०० बढी गिद्ध छन् । आहार व्यवस्थापन, सुरक्षित वासस्थानको व्यवस्था गरिएपछि गिद्धको सङ्ख्या बढ्दै गएको वन समूहका अध्यक्ष छायाचन्द्र पंगेनीले जानकारी दिए ।

वन क्षेत्रभित्र मरेका पशुचौपाया यत्रतत्र फाल्न नदिने, आहार व्यवस्थापनका लागि निश्चित ठाउँको व्यवस्था, गाउँघरमा मरेका पशुको उचित व्यवस्थापन गर्दै आहारका रूपमा ल्याउने व्यवस्था गरिएको अध्यक्ष पंगेनी बताउँछन् । ‘पहिला गिद्धलाई आहारा खुवाउने चलन थिएन, आफैँले खोजेर लिने गर्दथे, अहिले वन क्षेत्रमा निश्चित ठाउँ छुट्याएर आहार व्यवस्थापन गरिएको छ, आहार व्यवस्थापन हुन थालेपछि सङ्ख्या बढ्दै गएको छ’, उनले भने ।

रामपुर नगर गौशालासँग समन्वय गरेर १ वर्षदेखि आहारलाई व्यवस्थित गरिएको अध्यक्ष पंगेनीले जानकारी दिए। उनका अनुसार गौशालामा मरेका गाईहरू वन समूहले रु एक हजार र गौशालाका तर्फबाट रु एक हजार ढुवानी खर्च व्यवस्थापन गरेर आहारका रूपमा ल्याउने कार्य भइरहेको छ । रामपुर–८ का जुनसुकै स्थानमा मरेका पशु ल्याउन रु. ५०० र अन्य स्थानबाट ल्याउन रु एक हजार ढुवानी शुल्क तोकिएको छ ।

वनको आयस्रोत भनेको झाँडी सरसफाइ, काठ पात बिक्री नै हो । ठूलो आयस्रोत नहुँदा मरेका पशुहरू टाढा–टाढाबाट ल्याउन भने ढुवानी खर्चको समस्या भइरहेको अध्यक्ष पंगेनीले बताए । सम्बन्धित व्यक्तिले वन समूहसँग सम्पर्क गरेर अनुमति लिएर मात्रै मरेका गाईबस्तु ल्याउने व्यवस्था वन समूहले गरेको छ ।

आहार र बासस्थान समस्याले चितवन राष्ट्रिय निकुञ्जको कसेरामा गिद्धले बासस्थान सारेको थियो । पछिल्लो समय बासस्थान व्यवस्थित र आहार व्यवस्थापनलाई स्थानीयले चासो दिन थालेपछि पुनः फर्केर यही बासस्थान बनाएर बसेका छन् । गिद्धको आहार व्यवस्थापनका लागि करिब रु नौ लाखको लागतमा आहार केन्द्र, गिद्ध अवलोकनका लागि रुख घर निर्माण गरिएको छ । ‘यहाँ प्रशस्त मात्रामा गिद्धहरू भेटिन्थे, आहार कम र सिमलका रूखहरू मासिन थालेपछि हराउँदै गएका हुन्, उनले भने, अहिले सिमलका रूखहरू जोगाउने, आहार व्यवस्थित गरिन थालेपछि गिद्ध बढ्दै गएको छ, आहार व्यवस्थापन कमजोर हुँदा बच्चा उत्पादन दर कम हुने र जन्मेका बच्चा सफल हुने दर कम भएको पाइयो, अब बासस्थान जोगाउने, आहार परिपूर्तिमा हाम्रो ध्यान केन्द्रित छ ।’

गिद्ध संरक्षण गर्दै यहाँ जटायु पार्क पनि निर्माण गरिएको छ । यहाँ पार्क बनेपछि शनिबार र बिदाका दिन अवलोकन गर्न आउनेको चहलपहल बढ्न थालेको छ । पर्यटकलाई लक्षित गर्दै यहाँ पौवा, बुद्धको मूर्तिसहितको मन्दिर, कालीगण्डकी नदीको किनारसँग जोडिएको ८४० मिटरको पैदल मार्ग र प्रवेशद्वार निर्माण गरिएको छ ।

यहाँ भएका संरचना निर्माण तथा वन संरक्षणका लागि जिल्ला वन कार्यालय पाल्पाले सघाएको छ । आहार व्यवस्थापनका लागि रामपुर–८ को वडा कार्यालयले गत वर्ष रु ७५ हजार सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटन मन्त्रालयबाट विनियोजित रु. १० लाख रकमबाट झाडी सरसफाइ, पैदल मार्ग, चौतारी र पार्क निर्माण गरिएको छ । यस कार्यमा रु. एक लाख ११ हजारको उपभोक्ताबाट श्रमदान भएको छ । झाडी र बोटबिरुवाले भरिएको यस वनलाई २०४९ सालदेखि सामुदायिक वनमा परिणत गरिएको हो । २०५० सालमा सामुदायिक वनलाई यहाँका स्थानीयबाट समिति गठन गरेर संरक्षणको प्रयास थालियो ।

यहाँ रानी, डङ्गुर, हाँडफोर, राज गिद्ध र गोब्रे जातका गिद्ध रहेका छन् । हाँडफोर गिद्ध भने समय–समयमा मात्रै देखिन्छ । वनको करिब चार हेक्टर क्षेत्रफललाई काल गण्डकीले टापु आकारमा घरेको छ । टापुभित्रका सिमलका रूखमा मात्रै हाल १७ वटा गिद्धका गुँड रहेको छ । गिद्धले टापु क्षेत्रलाई नै वासस्थानका रूपमा रोज्ने गर्दछ । सिमलका रूखहरू काट्न थालेपछि गिद्धहरू यहाँबाट बासस्थान छाडेर अन्यत्र जान थालेका हुन् ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताए । छ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवर्द्धनका लागि नगरपालिका लागिपरेको नगर प्रमुख थापाले बताए। कालीगण्डकी नदीको धार्मिक क्षेत्र उत्तरगङ्गामा अवस्थित यस वनले पर्यटन विकास मात्र नभई पक्षी संरक्षणको अभियान थालेपछि यसले यहाँको जैविक विविधता संरक्षणमा योगदान पुगेको रामपुरका अग्रज पत्रकार वासुदेव ढकाल बताउँछन् ।

पर्यटक तान्दै जटायु पार्क
गिद्ध संरक्षण र यो क्षेत्रलाई गिद्धको हबका रूपमा विकास गर्न वन समूहले जटायु पार्क निर्माण गरेको छ । करिब तीन रोपनी क्षेत्रफलमा रु १० लाखको लागतमा पार्क निर्माण गरिएको छ । पार्कभित्र गिद्धको प्रतिमा बनाइएको छ । पार्कभित्र पैदल मार्ग, चारैतिर घेराबार गरिएको छ । पर्यटकलाई आराम स्थलका लागि पार्क क्षेत्रमा पक्की चौतारी निर्माण गरिएको छ ।

जटायु पार्क निर्माण भएपछि आन्तरिक पर्यटक अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गिद्धलाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालिएसँगै पर्यटक आउने क्रम बढ्दो छ ।

यस्ता छन्, वन समूहको योजना
वनको करिब चार हेक्टर क्षेत्रफल कालीगण्डकी नदीले टापु आकारमा घेरेको छ । यो क्षेत्र पर्यटकको आकर्षण बनिरहेको छ । त्यहाँ पुग्नका लागि एउटा झोलुङ्गे पुल बनाउने, टापु वरिपरिका भागमा रहेका बोटबिरुवालाई सुरक्षित राख्ने बताइएको छ ।

वनभोज स्थल बनाउने, वन क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटक भित्र्याउने योजना छ । वनको पर्यटकीय विकासका लागि दश वर्षे योजना तयार पारिएको छ । जैविक विविधता र वातावरण जोगाउने, धार्मिक, पर्यटकीय र वन जङ्गल जोगाउने अभियान उपभोक्ताको छ ।

कालीगण्डकी नदीको उत्तर वाहिनी क्षेत्रमा रहेकाले यो क्षेत्र धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यहाँ श्मशानघाट, झोलुङ्गेपुल, उत्तरगङ्गाघाट बनाउने योजना छ । यस वर्ष पर्यटन तथा सौन्दर्यका लागि पार्क निर्माण शीर्षकमा रु १०/१० लाख फरक-फरक शीर्षकमा बजेट विनियोजन भएको छ । वन समूहमा १४४ उपभोक्ता आबद्ध छन् । करिब ३१ दशमलव आठ हेक्टर क्षेत्रफलमा वनभित्र खयर, सिमलका रूख, खयर प्रजातिका रूख बिरुवा, स्याल, खरायो, दुम्सी, मृग, जल हाँस, कालिज, कुखुरा जस्ता पशुपक्षी छन् ।

पक्षी संरक्षण वनको पहिचान दिने
अबको एक दशकपछि वनलाई अवलोकन गर्ने मात्र नभई पक्षी संरक्षण गर्ने, गिद्ध संरक्षण गर्ने गरी समितिले योजनाबद्ध तरिकाले काम गरिरहेको छ । यहाँ करिब १६५ प्रजातिका चराचुरुङ्गी भेटिन्छन् । यहाँबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्न नदिने, पर्यटनबाट आम्दानीको स्रोत बनाउन पूर्वाधार विकासमा जोड दिइएको छ ।

कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी यहाँ घरबास बनाउने तयारी छ । कालीगण्डकीमा जलयात्रा नियमित सञ्चालन भएपछि बाह्य पर्यटक भित्रिने प्रशस्त सम्भावना छ । घरबास सञ्चालन गरेर यहाँका स्थानीयको जीवनस्तर उकास्ने खालका काममा वन समूहले गुरुयोजना बनाएको छ ।

गिद्धले सडेगलेका सिनो खाने भएकाले पनि रोगमुक्त बनाउन योगदान गर्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ । विश्वमा २३ प्रजाति र नेपाललगायत दक्षिण एसियामा नौ प्रजातिका गिद्धहरू पाइन्छन् । सिकारी चरा भए पनि गिद्ध आफैँले सिकार नगरी मरेका जनावरका मासु अर्थात् सिनो मात्र खान्छ । गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ

Previous Post

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

Next Post

मन्त्रालयकै कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने सम्भावना बढ्यो

सम्बन्धित खबर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास
फिचर-ब्यानर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

१५ बैशाख २०८३,
खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?
फिचर-ब्यानर

खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

१५ बैशाख २०८३,
उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए
फिचर-ब्यानर

उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

१५ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१५ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

१५ बैशाख २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
फिचर-ब्यानर

आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

१५ बैशाख २०८३,
Load More
Next Post
मन्त्रालयकै कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने सम्भावना बढ्यो

मन्त्रालयकै कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने सम्भावना बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In