• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तरकारी खेतीबाट सात लाख आम्दानी

by
४ फाल्गुन २०८१,
0
तरकारी खेतीबाट सात लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारी खेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन्। वर्षमा सार्कीले सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारी खेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् ।

अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारी खेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । ‘तरकारी खेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरें’, सार्कीले भने, ‘जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारी खेतीले धानिएको छ ।’

तरकारी खेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारी खेती गर्थे । बगर खेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी बताउँछन् । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको विगत सम्झिँदै सार्की भन्छन्, ‘पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारीखेतीमै लगाएर काम गर्दै गए’, उनी भन्छन्, ‘त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।’

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारी खेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण भएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएका छन् ।

दुई दशक भारतमा काम गरेका सार्की तरकारी खेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको बताउँछन् । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोच सार्कीको छ । बाह्रै महिना तरकारी खेती गर्दै आएका उनको बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

हरियो खुर्सानी मात्र एक महिनामा रु २० हजारको बेचेको सार्की बताउँछन् । उनको बारीमा गोँलभेडा मात्र रु ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् । श्रीमान श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।
उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउँछन् ।

मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । भविष्यको योजना सुनाउँदै सार्कीले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए । ‘अहिले वर्षमा रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हुँदै आएको छ’, उनले भने, ‘त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।’ अनुदानमा सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्थाका लागि सार्की माग गर्छन्।

Previous Post

कमलपोखरी ग्यास सिलिण्डर विस्फोट प्रकरण, अर्का एकजनाको मृत्यु

Next Post

प्रधानमन्त्री ओलीको चार कार्यकाल: चारै पटक हदबन्दीमा हात

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीको चार कार्यकाल: चारै पटक हदबन्दीमा हात

प्रधानमन्त्री ओलीको चार कार्यकाल: चारै पटक हदबन्दीमा हात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In