• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनता कहिलेसम्म बाघको शिकार भइरहने ?

by
२८ माघ २०८१,
0
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएका छन् । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उनीहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गरे ।

सांसद शान्ति चौधरीले बर्दियामा निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन जोडिएको र किसानले आफ्नोे खेतमा काम गरिरहेको अवस्थामा समेत बाघको आक्रमणबाट मृत्युवरण गनुपर्ने आवस्था रहेको भन्दै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद चौधरीले भने , “खेतमा काम गर्ने बेलासमेत बाघको आक्रमण हुने गरेको छ, यसको समाधानका लागि वैज्ञानिक योजना तय गर्न सरकारसँग माग गर्दछु, साथै घाइते र मृत्युका भएकाका परिवारलाई समयमै राहत व्यवस्था गर्न आग्रह गर्दछु । चालु आर्थिक वर्षमा मात्र बर्दियामा बाघको आक्रमणबाट मात्र चार जनाले ज्यान गुमाउनुपरेको छ ।”

सांसद जावेदा खातुन जागाले केही दिनअघि मात्र बर्दियामा चितुवाको आक्रमणबाट आफ्नै खेतमा काम गरिरहेकी ५१ वर्षीया जुनाकुमारी लामिछाने क्षेत्रीको यही माघ २५ गते मृत्यु भएको जानकारी गराउँदै यसको दिगो समाधानका लागि सरकारसँग आग्रह गरे । यसैगरी गत पुस २८ गते बर्दियामै ४० वर्षीया पदमकला थापाको पनि बाघको आक्रमणमा परी निधन भएको बताउँदै बढ्दो मानव–वन्यजन्तु द्वन्द्व तत्काल न्यूनीकरण गर्न र पीडितपरिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरे ।

सांसद खातुनले भने “बर्दियामा जनता कहिलेसम्म बाघको सिकार भइरहने हो । कहिलेसम्म वन्यजन्तुको आतङ्क सहिरहनुपर्ने हो, सरकारको स्पष्ट धारणा माग गर्न चाहन्छु, अब अति भयो बर्दियाका सांसदहरूले सदनमा पटकपटक कुरा उठाउँदा पनि सरकार कहिले पनि गम्भीर भएको देखेनौँ । महिनापिच्छे बाघको आक्रमणबाट मानिसको ज्यान गइरहेको छ । निकुञ्ज वरिपरिको स्थानीयको जीवन त्रासमय बनेको छ ।”

डढेलो नियन्त्रणका लागि पूर्वतयारी खोई ?

बैठकमा सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय निकुञ्जमा एक सातादेखि निरन्तर डढेलो लागेको र बस्तीमा समेत असर गरेको जानकारी गराउँदै दुर्लभ रेडपाण्डासहित बहुमूल्य जडीबुटी लोप हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । साथै उनले जाजरकोट भूकम्पप्रभावितले अझै पनि उचित क्षतिपूर्ति पाउन नसकेको जानकारी गराउँदै तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने सुझाए ।

सांसद ठाकुरप्रसाद गैरेले शनिबार सिंहदरबारभित्रै रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको घटनाले पूर्वतयारी, सचेतना र जिम्मेवारीप्रति नै प्रश्न उठेकाले सो बारेमा सदनमा जानकारी माग गरे । उनले सुक्खा समय आउन लागेकाले आगलागीप्रति बढी सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितबहादुर तामाङले लाङटाङ राष्ट्रिय निकुञ्जमा एक सातादेखिको डढेलो नियन्त्रण हुन नसकेको र यसप्रति सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै यसबाट लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति लोप हुने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । चोरी सिकारी गर्नेले पनि डढेलो लगाएको हुनसक्ने भन्दै उनले नियन्त्रणका लागि उचित कदम चाल्न सरकारसँग माग गरे ।

सांसद बिन्दवासिनी कंसाकारले देशभरै नै आगलागीका घटना बढेको बताउँदै सरकारले पूर्वतयारी प्रभावकारी गर्न नसकेको आरोप लगाउनुभयो । साथै उहाँले मापदण्ड पनि पालनामा कडाइ गर्नुपर्नेमा जोड दिँदै संसद्मा गैरसरकारी जलन विधेयक दर्ता भए पनि किन अघि नबढाइएको भनी प्रश्न गरे ।

सांसद अनिशा नेपालीले सल्यानमा महोत्सवमा आगलागी भई ठूलो धनसम्पत्तिको क्षति भएको भन्दै छानबिन गर्न माग गरे । उनले हरेक पालिकामा दमकलको व्यवस्था गर्न माग गर्दै पीडितलाई क्षतिपूर्तिको प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु शाहले सहयोगी कर्मचारीको हाल अस्थायी पदपूर्ति मात्र हुने गरेको र यसले गर्दा उनीहरूको जनवजीवन कष्टकर भएको उल्लेख गर्दै यसमा स्थायी पदपूर्ति किन रोकियो भनी सरकारसँग प्रश्न गरे । साथै उनले कानुन संशोधन गरेर भए पनि यी वर्गलाई सुविधा दिनुपर्ने माग गरे ।

सांसद कान्तिका सेजवालले जुम्लामा विगत २४ घण्टादेखि लगातार डढेलो सुरु भएको र यसले बस्तीमा समेत असर गर्न सक्ने तथा दुर्लभ वन्यजन्तु नष्ट हुने चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । साथै उनले खानेपानी मन्त्रालयमा भएको आगलागीका घटनाका सम्बन्धमा संसद्मा जानकारी गराउन माग गरे ।

सांसद ईश्वरी घर्तीले दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै रूकुमपूर्वको मैकोटसम्मको दुई सय २० किमी सहिद मार्गलाई आवश्यक बजेट व्यवस्था गरी स्तरोन्नति गर्न माग गरे । सांसद पूर्णबहादुर घर्तीले सुर्खेतमा पुलको लठ्ठा तान्ने क्रममा अनिल घर्ती र अर्जुन झाँक्रीको भेरी नदीमा खसेर भृत्यु भएको र झाँक्रीको अझै शव फेला नपरेकाले तत्काल प्रभावकारी खोजीमा लाग्न सरोकारवालासँग माग गरे ।

सांसद डा अमरेसकुमार सिंहले संविधानमा समावेशीको स्पष्ट व्यवस्था भए पनि वर्तमान सरकारले राज्यका हरेक निकायमा नियुक्ति र सरूवा बढुवा गर्दा व्यवहारमा कार्यान्वयन नगरेको अरोप लगाए ।

Previous Post

‘केपी ओलीका मान्छे हौं’ भन्दै प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरू पक्राउ

Next Post

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

सम्बन्धित खबर

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
Load More
Next Post
‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In