• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्चित नेपाली सेफद्धारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

by
२३ माघ २०८१,
0
चर्चित नेपाली सेफद्धारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

Chef Tanka Sapkota e Trufa com 1,1 Kgs. Restaurante Come Prima- Lisboa - Fotografia de Jorge Simão

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ।

वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको हो।

सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५औँ वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ।

पोर्चुगिज चलचित्र निर्देशक टियागो पी.डे. कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ। पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयम् प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन्।

वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाककलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ। वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरूलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रूपमा समेत लिइएको छ।

साथै, खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरू, पाककलासँग सम्बन्धित विभिन्न व्यक्तिहरू र ८३ वर्षीया इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ट भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी र संवाद गरिएको छ।

इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ। सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कलालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ। आइतबार पहिलो भाग प्रसारण भएको उक्त वृत्तचित्र शृङ्खलाबद्ध रूपमा प्रसारण हुनेछ। वृत्तचित्र इटालियन खानामा केन्द्रीत रहेको भएपनि त्यसको प्रमुख पात्र नेपाली भएको नाताले वृत्तचित्र नेपाल र नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको सापकोटाले बताए। वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने  योजना रहेको उनले बताए।

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन्। ट्रफल एम्बेस्डरसमेत रहेका सापकोटाले पाककलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गर्न सफल छन्। गत वर्ष उनको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ ले युरोपकै उत्कृष्ट १२ औँ पिज्जेरिया र विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरियामा पर्न सफल भई अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको थियो।  सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ। जसमा सापकोटाले सञ्चालन गरेको रेष्टुराँ ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ।

जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ। यस्तै केही महिना अघि मात्रै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल (जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका थिए।

उनले फेला पारेको उक्त ब्ल्याक ट्रफल पोर्चुगलको इभोरा विश्वविद्यालय, कृषि विज्ञान संस्थान, राष्ट्रिय कृषि तथा पशु चिकित्सा अनुसन्धान संस्थानका अनुसन्धानकर्तासहितको वैज्ञानिकको टोलीले पुष्टि गरेको थियो।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकाहरुलाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खाना समेत खुवाएका थिए।

Previous Post

अत्यधिक स्क्रिन टाइम, तनाव, खराब जीवनशैली र खानपानका कारण युवाहरूमा क्यान्सरको जोखिम

Next Post

डिभोर्सपछि निर्देशकसँग डेट गर्दै अभिनेत्री सामन्था

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
डिभोर्सपछि निर्देशकसँग डेट गर्दै अभिनेत्री सामन्था

डिभोर्सपछि निर्देशकसँग डेट गर्दै अभिनेत्री सामन्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In