• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

by
२० माघ २०८१,
0
बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेरीगङ्गा (सुर्खेत)। विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

“गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न”, स्थानीय दलबहादुर विकले भने । रोजीरोटीका लागि मुग्लान जानुको विकल्प नभएको उनको भनाइ छ ।

विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्यता रहेको यस वडाका मानिसहरु भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरुको चलन पनि हो ।

जागिरको खोजीमा अधिकांश मानिस भारत जाँदा बालबालिका पनि सँगै लैजाने चलन रहेको वडा नं २ का सदस्य रामशिला विक बताउँछन् । “यो दलित समुदायको बाहुल्यता भएको वडा हो, रोजगारीका लागि भारतमा जाने प्रचलन यहाँका लागि पुरानो हो, यहाँ गरिबीको अवस्था धेरै छ, त्यसमा पनि दलित समुदायको अवस्था दयनीय छ, उनीहरुले छोराछोरीलाई पनि सँगै लैजाने भएकाले पढ्न पाउँदैनन”, उनले भने । यस विषयमा आफूले वडादेखि गाउँपालिकालाई समेत ध्यानाकर्षण गराइरहेको भए पनि समस्या समाधान हुन नसकेको उनले बताए ।

विद्यालय उमेर समूहका बालबालिका अविभावकको साथमा भारतमै जाँदा बालबालिकाको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षा क्षेत्रका सरोकारवालाहरुले पनि चिन्ता व्यक्त गरेका छन् । वडामा सञ्चालित भैरव प्राथमिक विद्यालय लमचुडीका प्रधानाध्यापक महेन्द्र रामजालीले अन्य वडाको तुलनामा वडा नं २ शिक्षाको अवस्था राम्रो नरहेको बताउँछन् ।

साथै महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक रेशम भट्टराई पनि भारत जाने चलनका कारण विद्यार्थीले पढ्न नपाएको बताउँछन् । “जबसम्म सरकारले गाउँमै रोजगारी गर्ने खालका कार्यक्रम ल्याउँदैन, तबसम्म सबै बालबालिकालाई विद्यालयमा ल्याउन गाह्रो छ”, उनले भने ।

भैरव प्रावि रानिवनका प्रधानाध्यापक नन्दा शाहीले पनि आफूहरुले बालबालिकालाई नियमित विद्यालय आउन जनचेतनाका कार्यक्रम सञ्चालन गरे पनि अवस्था परिवर्तन हुन नसकेको बताए ।

८० जना बालबालिका मुग्लान

राष्ट्रिय जनगणना २०७८ अनुसार गुराँस गाउँपालिका–२ को जनसङ्ख्या दुई हजार सात सय ३३ छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको सङ्ख्या एक हजार एक सय २१ छ । जसमध्ये बालक छ सय ३० र बालिका चार सय ९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कूल विद्यार्थीको सङ्ख्या आठ सय ७७ जना रहेको छ । विद्यालयको तथ्याङ्कअनुसार ८० जना विद्यार्थी विद्यालय आउँदैनन् ।

जसमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ कक्षासम्मका रहेको विद्यालयको भनाइ छ । विद्यालयमा अनुपस्थित विद्यार्थीहरु बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको भैरव प्रावि रानिवनका प्रधानाध्यापक नन्दा शाही बताउँछन् । अविभावकमा आवश्यक चेतनाको कमी तथा बाध्यताका कारण यस्तो अवस्था आएको भगवती प्रावि शेरिबाडाका प्रधानाध्यापक हर्कबहादुर विसीको भनाइ छ ।

तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा चार सय ८० विद्यार्थी छन् तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँग भारत गएका छन् ।

भैरव प्रावि रानिवन शेरीवाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि शेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडी एक सय ४१ विद्यार्थीमध्यै १८ जना बाबुआमासँगै भारत गएका छन् ।

यस वडाका बालबालिकामा कुपोषणकोसमेत समस्या पनि रहेको पाइएको छ । वडा नं २ को पुरैनी स्वास्थ्य चौकी इञ्चार्ज किरणकुमार केसीले साझेदार संस्था र गाउँपालिकाको सहयोगमा सचेतना तथा पोषणयुक्त खानाका विषयमा जानकारी गराइँदै आइएको बताए । हाल चार जनामा उक्त समस्या छ ।

चेतनाका कार्यक्रम सञ्चालन गर्छौंः वडाध्यक्ष रावल

गुराँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ भनेर आफूहरुले पहल गरे पनि कठिनाइ रहेको बताए । “बाबुआमासँगै बालबालिका भारत जानुपर्ने बाध्यता गरिबीको कारण हो”, उनले भने, “वडाबाट यो समस्या रोक्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ तर पूर्ण रुपमा रोक्न सकिएको छैन ।” उनले समस्या समाधानका लागि गाउँमै रोजगारीका कार्यक्रम ल्याउन जरुरी भएको बताए ।

Previous Post

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

Next Post

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In