• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

by
१९ माघ २०८१,
0
गैँडाको आक्रमणबाट ३५ वर्षीय चौधरीको मृत्यु ,दुई अमेरिकी नागरिक घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उहाँले बताउनुभयो । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ ।

उनले भने, ‘अहिले हामीले दुईवटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो । स्थानान्तरण गर्दा वयस्क गैँडा गरिने उनले जानकारी दिए । उनले भने, ‘अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।’ गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उनले बताए । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उनले जानकारी दिए ।

तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । (रासस)

Previous Post

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

Next Post

बिहान र बेलुका घाम किन ठुलो देखिन्छ ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
बिहान र बेलुका घाम किन ठुलो देखिन्छ ?

बिहान र बेलुका घाम किन ठुलो देखिन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In