मनभन्दा पर गएपछि उदाउँछ प्रज्ञा, एकत्व प्रकाशित हुन्छ हराउँछन् सब संज्ञा । विषय मात्रै खोजिरहन्छ मनुष्यको मन, भोग, सुरक्षा सम्मान अरू धन अनित्यमा राग गरी मिथ्यामा विश्वास गर्छ । सत्यलाई खोज्छु भन्छ भ्रम नै भ्रममा पर्छ ।
इच्छा नै दुःख तृष्णा हो, आवागमन कोही पनि पार जन्म नसम्झी आफ्नो मन अज्ञानीले व्यापारीले देवीदेवता नाम बनायो । आपैmले बुनेको आफ्नै जालमा आपैm बसाए ।
देखेर यस्तो चाला मन मनमा हाँसो आउँछ
इच्छा आशा तृष्णादिले जीवनमा फाँसी आउँछ
समय बिताउनका लागि देवीद्यौता पूजापाठ
आपूm त हरदिन यस्तै ढुङ्गो र सुखाकाठ ।
जहाँ एकता छ जागरुकता छ, उदारता छ, स्थिरता छ, सावधानी छ, त्यहाँ भ्रष्टाचार, अनाचार, मिथ्याप्रचार सम्भव छैन, त्यहाँ यथार्थ धर्म छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













