• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा

by
५ माघ २०८१,
0
थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, ५ माघः कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिनुभएको छ ।

गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उहाँलाई पुनः दोस्रोपटक सर्वसम्मत रुपमा भलमन्सामा चयन गरिएको हो । “भलमन्साको जिम्मेवारी लिइसक्नुभएका बद्रीनारायण चौधरीले मलाई समर्थन गर्नुभयो”, उहाँले भन्नुभयो, “अरुले पनि आग्रह गरेपछि पुनः जिम्मेवारी लिएको हुँ ।”

सोही गाउँपालिकाको बिसनपुर गाउँमा भलमन्सा छनोट गर्न बसेको बैठकले सोनुराम चौधरीलाई भलमन्सा तोक्ने निर्णय गरेको छ । दुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारीमा बहन गरिसक्नुभएका सोनुरामले साथीभाईको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा आफ्नो नेतृत्वमा वर्षभरि भएका कामबाट सबै खुसी हुनुहुन्छ ।”

गोदावरी नगरपालिका–८ को थारु गाउँमा यमबहादुर चौधरी भलमन्सा हुनुभएको छ । माघी पर्व सुरु भएसँगै गाउँको मुख्य व्यक्ति मानिने भलमन्सा, चौकीदार, गुरुवा, चिराकी, अघरियालगायतका पदमा व्यक्ति छनोट गर्ने चटारो यतिबेला थारु समुदायमा छ ।

पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपय स्वाइच्छाले यो जिम्मेवारीबाट अलग हुन्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिठ्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गरिन्छ । गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ भनिन्छ ।

कतिपय वस्तीमा यस्तो भेला भइसकेर भलमन्सा छनोटको काम पूरा भइसकेको छ भने अन्य कतिपय गाउँमा छनोट गर्ने काम भइरहेको छ । पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि समुदायको गाउँ टोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको पाइन्छ ।

थारुमा माघीको रौनकसँगै आवश्यकताअनुसार ‘बडघर’ बैठकहरु बसिरहेका छन् । यस्ता बैठकमा वर्ष दिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामबारेमा आपसमा छलफल, विश्लेषण, गुनासो सुन्ने र सुनाउने काम हुनेगर्छ ।

माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्रमा वर्षभरी भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, सार्वजनिक काममा भएको खर्चको हिसाब किताब गर्ने जस्ता काम गरिन्छ ।

‘गुरुवा’ (वैद्यको काम गर्ने)ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकिदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने) काम र ‘अघरिया’ले भलमन्साको सहायकको रुपमा काम गर्नुपर्ने परम्परा छ ।

बडघरले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने लामो समयदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभइ गाउँको अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको मानबहादुर चौधरी बताउनुहुन्छ । थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुनेगर्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ ।

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक रुपमा सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन् । भलमन्साको आदेशमा गाउँका विभिन्न काम गर्न जानुपर्ने कामलाइै ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवाना तिर्नुपर्ने हुन्छ ।

भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ मा (दाजुभाई बीचको अंशवण्डा) निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ ।

भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीको रुपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ । पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउनमा टेवा पु¥याइरहेको यो प्रजातान्त्रिक पद्धतिको बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ ।

भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा पुस्तान्तरण हुँदै आएपनि कतिपय वस्तीमा भने यसको पुस्तान्तरण हुन नसकिरहेको अनुभव थारु अगुवा मानबहादुर बताउनुहुन्छ ।

आफ्नो कार्य क्षेत्रभित्र उत्पन्न हुने झैझगडा अंशवण्डा जग्गाको साँध सिमाना, पानी कुलो, लेनदेनको विवादका विषयमा पीडित पक्षले लिखित वा मौखिक रुपमा आग्रह गरेपछि भलमन्साले बैठक गरी पीडित र पीडक पक्षको जीत जीतको सिद्धान्तअनुसार मिलापत्र गराइदिने परम्परा छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो समुदायको बसोबास छ । पूर्वी तराईका कतिपय जिल्लामा यो समुदायको बसोवास रहे पनि रहनसहन, वेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ ।

थारुहरुको माघी पर्वलाई लक्षित गरेर प्रदेश सरकारले पुुस २९ गते नै प्रदेशभर सार्बजनिक बिदा दिएको थियो ।

Previous Post

‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’

Next Post

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In