• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लस एन्जलसमा आगलागी अझै बढ्ने चेतावनी, अहिलेसम्म २६ जनाको मृत्यु

by
१ माघ २०८१,
0
लस एन्जलसमा आगलागी अझै बढ्ने चेतावनी, अहिलेसम्म २६ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकाको पश्चिमी तटमा रहेको लस एन्जलस क्षेत्रमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या २६ पुगेको छ भने हजारौं घरहरू ध्वस्त भएका छन् । आगलागीबाट ३८ हजार एकड क्षेत्रफल नष्ट भएको छ ।

साथै, राष्ट्रपति जो बाइडेनले पनि आगलागीमा जलेर मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भने- ‘लस एन्जलसको आगलागीमा हामीले गुमाएका २६ निर्दोष मानिसहरूको लागि हाम्रो हृदय टुटेको छ । जिल बाइडेन र म उहाँ र उहाँका प्रियजनहरूको लागि प्रार्थना गर्छौं ।’

मौसमविद्हरूले यो हप्ता हावा अझ बलियो हुने भविष्यवाणी गरेका छन् । यसबारे दमकल विभागले चिन्ता व्यक्त गरेको छ । आगलागीमा अहिलेसम्म कम्तीमा १६ जना बेपत्ता छन् । एक्यू वेदरका अनुसार, अहिलेसम्म आर्थिक क्षति १५० अर्ब डलर पुगेको छ ।

राष्ट्रिय मौसम सेवाले ठूलो आगलागीको लागि उच्च स्तरको चेतावनी जारी गरेको छ । सेवा केन्द्रले यस क्षेत्रमा ८० किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने र पहाडी क्षेत्रहरूमा ११३ किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने अनुमान गरेको छ । यसले समस्यालाई अझ बढाउनेछ । पालिसेड्स र इटन आगो केही हदसम्म नियन्त्रणमा छन् ।

लस एन्जलस क्षेत्रमा रहेका पालिसेड्स, इटन, केनेथ र हर्स्टमा लागेको आगोले १६० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफललाई ढाकेको छ । यो सान फ्रान्सिस्को भन्दा ठूलो क्षेत्रफल हो । प्यालिसेड्स आगो ११ प्रतिशत नियन्त्रणमा आइसकेको छ र इटन आगो २७ प्रतिशत नियन्त्रणमा आइसकेको बताइएको छ । दुईवटा आगलागीले १५३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको थियो । क्यालिफोर्निया र अन्य नौ राज्यका १४ हजारभन्दा बढी कामदारहरू आगो निभाउन संघर्ष गरिरहेका छन् ।

अधिकारीहरूले आगलागीमा नष्ट भएका घरहरूको तथ्याङ्क तयार गरिरहेको बताएका छन् । उनीहरूले फैलिएको खरानीमा सिसा, आर्सेनिक, एस्बेस्टोस र अन्य हानिकारक पदार्थहरू हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘विक्ड’ फेमका संगीत निर्माता ग्रेग वेल्सले क्यालिफोर्नियाको डढेलोमा आफ्नो घर गुमाएका छन् । उनले आफ्नो पारिवारिक घर मात्र गुमाएनन्, तर प्यासिफिक प्यालिसेड्समा रहेको उनको अत्याधुनिक डल्बी एटमस मिक्सिङ रुम र स्टुडियो पनि ध्वस्त भएको बताएका छन् । उनीसँग रेकर्डिङ उपकरणहरूको अविश्वसनीय संग्रह थियो तर अब त्यो सबै आगोमा जलेर नष्ट भइसकेको छ । उनका धेरै साथीहरूको घर पनि खरानीमा परिणत भएको छ । त्यस्तै आगलागीबाट सेलिब्रेटी पेरिस हिल्टनसहितको घर समेत जलेको छ ।

Previous Post

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि, हेर्नुहोस् परीक्षा तालिका

Next Post

परराष्ट्र मन्त्रालयको संरचना परिवर्तन हुँदै

सम्बन्धित खबर

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
Load More
Next Post
परराष्ट्र मन्त्रालयको संरचना परिवर्तन हुँदै

परराष्ट्र मन्त्रालयको संरचना परिवर्तन हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In