• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव

by
१ माघ २०८१,
0
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरहरैँचा (मोरङ)।जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।

‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिए।

उनका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहने छन् ।

संयोजक चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताए। “महोत्सवमा ४० वटा औद्योगिक, ३० वटा खानपिनको कक्ष छन्”, उनले भने, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।”

महोत्सवमा थारू सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका प्रदर्शनी कक्ष, मनोरञ्जनात्मक खेल रहेका सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले जानकारी दिए । उनले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गरे ।

सङ्ग्रहालयका अध्यक्ष चौधरीले भने, “हामीले यो सङ्ग्रहालयलाई थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।”

महोत्सवको व्यवस्थापनका लागि करिब रु ६० लाख खर्च आयोजकको अनुमान छ । दैनिक रु ५० लाखदेखि रु एक करोडसम्मको व्यापार हुनुका साथै दैनिक १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताए। महोत्सवमा शारीरिक रूपमा अशक्त साथै विद्यालयका विद्यार्थीका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेतले बताए।

थारू सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरिने सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले बताइन् । नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उनले उल्लेख गरिन् ।

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार सुन्दरहरैँचा नगरपालिकाको जनसङ्ख्या एक लाख २० हजार दुई सय १३ रहेकामा यहाँ थारू जातिको जनसङ्ख्या ३३ हजार सात सय ७९ रहेको छ ।

Previous Post

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

Next Post

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In