• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज जैविक विविधता दिवस मनाइँदै

by
१ माघ २०८१,
0
आज जैविक विविधता दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर। ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।

विसं २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं संस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्‍याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

यसको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने, तीनै तहका सरकारको विकास, नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहीकरण गर्ने, दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि उपयुक्त विधि एवं पद्धतिहरूको विकास, अवलम्बन प्रक्रियालगायत उद्देश्यसहित दिवस मनाइने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गर्नुभयो ।

जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । दिवस मनाउन सातै प्रदेश मातहतका निकाय र सबै स्थानीय तहका कृषक समूहलगायत सरोकार भएका निकायलाई कृषि विभागले आह्वान गरेको छ ।

कहाँ केके कार्यक्रम हुँदैछन् ?

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीबाट शुभकामना सन्देश सम्प्रेषण हुनेछ । आजै कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगका बारेमा टेलिभिजन सम्वाद कार्यक्रम गरिने, कृषि जैविक विविधता मेला भूमिकास्थान नगरपालिका, अर्घखाँचीमा सञ्चालन हुनेछ भने टोखा नगरपालिकामा जैविक विविधता दिवस तथा माघे सङ्क्रान्ति मेला आयोजना हुने विभागले जनाएको छ ।

माघ २ गते कृषि विभाग परिसर हरिहर भवन ललितपुरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोहसँगै कृषि जैविक विविधता एवं परम्परागत कृषिउपज प्रदर्शनी र सम्मान एवं पुरस्कार वितरण हुनेछ । सोही दिन भूमिकास्थान नगरपालिकामा कृषि जैविक विविधता अभिलेखीकरणसम्बन्धी अन्तरक्रिया आयोजना हुनेछ ।

माघ १ देखि ७ गतेसम्म सिराह, सप्तरी र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहमा कृषि वैविक विविधता संरक्षण, प्रवर्द्धन र सोसम्बन्धी कृषक पाठशाला सञ्चालनबारे अन्तरक्रिया हुनेछ । माघ १ गतेदेखि ७ गतेसम्म मौलिक भान्छाघर, नयाँ बानेश्वरमा सातै प्रदेश विशेषका मौलिक खाद्य परिकार प्रवर्द्धन वर्ष शुभाराम्भ र मौलिक परिकार प्रदर्शन एवं बिक्री गरिनेछ ।

माघ १ गतेदेखि ७ गतेसम्म कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, सिन्दुपाल्चोक र कास्कीलगायतका जिल्लामा कृषि जैविक विविधता मेला तथा प्रदर्शनी, कृषि जैविक विविधताको महत्वसम्बन्धी अन्तरक्रिया र माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गर्नुभयो ।

माघ ५ गते रैथाने कृषि हाटबजार दरबार मार्गमा ‘रैथाने सबैका लागि, सदाका लागि’ विषयक छलफल तथा प्रदर्शनी आयोजना हुनुका साथै माघ ५ र ६ गते ललितपुरको कोञ्जोस्योम गाउँपालिका–३ दलचोकीमा ‘दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्र’को उद्घाटन तथा अन्तरक्रिया आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

माघ ७ गते सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कृषि जैविक विविधताको महत्वबारे अगुवा किसान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन कपनमा कृषि जैविक विविधता एवं मौलिक खाद्य परिकारको महत्वबारे अन्तरक्रिया एवं तेस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह समापन कार्यक्रम आयोजना गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिनुभयो ।

Previous Post

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

Next Post

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
अल्जाइमर्स हुन नदिन गर्नुहोस् यस्ता योगासन

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In