• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

१० बुदाँमा बुझ्नुहोस्, ट्रम्पले खरिद गर्न चाहेको ग्रिनल्याण्ड

by
२८ पुस २०८१,
0
१० बुदाँमा बुझ्नुहोस्, ट्रम्पले खरिद गर्न चाहेको ग्रिनल्याण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् ।

उनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि यस मुद्दालाई सम्बोधन गरेका थिए र तर कुनै प्रकिया अगाडी बढाइएको भने थिएन । ग्रीनल्याण्डको साँच्चै मालिक को हो ? र ट्रम्प किन ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन चाहन्छन्, यसबारे विस्तृत जानकारी राखौं ।

ग्रीनल्याण्ड बारे १० रोचक तथ्य

अलास्का खरिदः अलास्का सन १८६७ मा अमेरिकाले खरिद गरेको थियो  । यो अमेरिकाले पहिले कुनै पनि क्षेत्र खरिद गरेको छैन। देशको सबैभन्दा ठूलो राज्य अलास्का सन १९६७ मा वाशिंगटनले रूसबाट खरिद गरेको हो । अलास्का र ग्रीनल्याण्ड दुबै चिसो जलवायु, कम जनसंख्या घनत्व, रणनीतिक स्थान र तेल भण्डारका लागि प्रख्यात छ । अलास्का ५८६४१२ वर्ग माइल क्षेत्रफलमा रहेको छ, जसको त्यसबेला ७.२ मिलियनको मूल्य थियो, जुन आजको तुलनामा लगभग १५३.५ मिलियन अमेरिकी डलर हो।

ग्रीनल्याण्डको मूल्य :  एक मिडिया रिपोर्ट अनुसार ८३, ६०० वर्ग माइलमा फैलिएको ग्रीनल्याण्डको मूल्य २३०.२५ मिलियन डलर अनुमान गर्न सकिने भनिएको छ, जुन अलास्काको समायोजित मूल्य भन्दा ५० प्रतिशत बढी मुल्य हो। २०२१ मा ग्रीनल्याण्डको जीडीपी ३.२४ बिलियन थियो।

ग्रीनल्याण्डको इतिहास : कुनै बेला डेनमार्क र नर्वे एउटै देश थिए । यी दानो–नर्वेजियन क्षेत्र भनेर चिनिन्थ्यो। उनीहरूले ग्रीनल्याण्ड क्षेत्रमा सार्वभौमसत्ता दाबी गरे। यद्यपि, जब डेनमार्क र नर्वे १८१४ मा अलग हुन पुगे । त्यसैले ग्रीनल्याण्डको उपनिवेश देखि अहिलेसम्मका लागि डेनिस क्राउनमा हस्तान्तरण गरिने उनीहरू बीच सहमति भयो। हाल ५७ हजार जनसंख्या भएको ग्रीनल्याण्ड ६०० वर्षदेखि डेनमार्कको हिस्सा रहेको छ।

जर्मनीको कब्जा : ग्रीनल्याण्ड लगभग १४० वर्षको लागि डेनमार्क शाही परिवारको एक हिस्सा थियो। ‘अपरेशन वेसेरुबुङ’ नामक कोड नाममा नाजी जर्मनीले अप्रिल ९, १९४० मा डेनमार्क र नर्वेमा आक्रमण गरेको थियो। एक दिन भित्र डेनमार्कले आत्मसमर्पण गर्यो र जर्मनीले कब्जा गर्यो। ग्रीनल्याण्ड केही समयको लागि हिटलरको क्षेत्रको हिस्सा बन्यो। तर, ग्रीनल्याण्डको रणनीतिक स्थान थाहा पाएर संयुक्त राज्य अमेरिकाले छिटो कदम चाल्यो र हिटलरका सेनाहरू अवतरण हुनु अघि नै ग्रीनल्याण्ड कब्जा गरिदियो । सन् १९४० देखि १९४५ सम्म पाँच वर्षसम्म ग्रीनल्याण्डमाथि अमेरिकाको नियन्त्रण थियो।

ग्रीनल्याण्ड डेनमार्कलाई हस्तान्तरण : दोस्रो विश्वयुद्धमा हिटलरको मृत्यु भएको पाँच दिनपछि डेनमार्क मे ५, १९४५ मा जर्मनहरूबाट स्वतन्त्र भएको थियो। त्यसको केही महिना पछि संयुक्त राज्यले डेनमार्कलाई ग्रीनल्याण्ड फिर्ता गर्ने निर्णय गर्यो।

ग्रीनल्याण्डमा ‘होम रूल’ :  सन १९५३ मा डेनमार्कले आधिकारिक रूपमा ग्रीनल्याण्डलाई आफ्नो देशको भागको रूपमा एकीकृत गर्यो। यससँगै ग्रीनल्याण्डका जनता डेनमार्कको नागरिक बन्न पुगे । र, मे १, १९७९ मा डेनमार्कले शासनको ठूलो हिस्सा ग्रीनल्याण्डका बासिन्दाहरूलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यो। जसका कारण उसले ‘होम रुल’ को अनुमति पायो तर डेनमार्कले विदेशी मामिला र सुरक्षाका सबै मामिला भने आफैंमा राख्यो, जुन आजसम्म जारी छ।

  सन १९४६ अमेरिकी प्रस्ताव अनुसार १०० मिलियन डलर सुनको सट्टामा ग्रीनल्याण्ड खरिद गर्ने विचार गरेको थियो, जुन आजको १.६ बिलियन डलर भन्दा बढी हो। अमेरिकाले सन् १९१७ मा अमेरिकी भर्जिन टापुहरू डेनमार्कबाट २ करोड ५० लाख डलर सुनमा खरिद गरेको थियो, आजको सन्दर्भमा लगभग ६१६.२ मिलियन अमेरिकी डलर हो । १८१५ मा, लुइसियाना फ्रान्सबाट १५ मिलियन डलर अर्थात आजको सर्तहरूमा लगभग ४१८.८ मिलियन डलर० मा खरिद गरिएको थियो।

ग्रीनल्याण्डमा चासो किन : ग्रीनल्याण्डमा अमेरिकी चासोको धेरै कारणहरू छन्। यो टापु उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा अवस्थित छ। यसमा दुर्लभ खनिजहरूको सबैभन्दा ठूलो भण्डारहरू छन्, जुन ब्याट्रीहरू र उच्च प्रविधि उपकरणहरूको निर्माणमा महत्त्वपूर्ण हुन सक्छन्। र, ग्निनल्याण्डमा ठूलो अमेरिकी सैन्य अड्डा पनि रहेको छ।

ट्रम्पको योजना : आगामी जनवरी २० मा पदभार सम्हाल्न लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले हालै भनेका थिए , ‘डेनमार्क बिरूद्ध सैन्य वा आर्थिक उपायहरू प्रयोग गरेर ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने सम्भावनालाई अस्वीकार गर्दैनन्।’ ट्रम्पका अनुसार यी टापुहरू अहिले जताततै देखिने चिनियाँ र रुसी जहाजहरूमा नजर राख्न महत्त्वपूर्ण रहेका छन्। आर्थिक सुरक्षाका लागि यो आवश्यक रहेको उनको तर्क रहेको छ ।

ग्रीनल्याण्ड किन्न कति सजिलो : सन् २०१९ मा ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका थिए । वास्तवमा, प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्ड किन्ने अमेरिकाको विचारलाई अस्वीकार गरेकी थिइन्।  डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले भर्खरै डेनिस टिभीलाई भने, ‘त्यो ग्रीनल्याण्ड ग्रीनल्याण्डी जनताको हो र स्थानीय जनताले मात्र यसको भविष्य निर्धारण गर्न सक्छन्।’ उनले ‘ग्रीनल्याण्ड बिक्रीको लागि होइन’ भनेका छन्  तर डेनमार्कलाई नेटो सहयोगी अमेरिकासँग नजिकको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

Previous Post

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र

Next Post

एक अर्कालाई छुँदा किन करेन्ट लाग्छ जान्नुहोस्

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
एक अर्कालाई छुँदा किन करेन्ट लाग्छ जान्नुहोस्

एक अर्कालाई छुँदा किन करेन्ट लाग्छ जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In