• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शक्तिशाली पासपोर्ट भएका यी मुलुक, नेपालको पासपोर्ट कति बलियो ?

by
२७ पुस २०८१,
0
शक्तिशाली पासपोर्ट भएका यी मुलुक, नेपालको पासपोर्ट कति बलियो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अध्ययन, रोजगारी, भ्रमण वा आफन्तसँग भेटघाटका लागि अर्को देश जान राहदानी अर्थात् पासपोर्ट अनिवार्य कागजात हो । वर्तमान समयमा वैधानिक रुपमा एक देशबाट अर्को देशमा जानका लागि पासपोर्ट अनिवार्य हुन्छ ।

राज्यले प्रदान गर्ने पासपोर्टमा आफू भ्रमणमा जान चाहने देशको सम्बन्धित निकायले भिसा प्रदान नगरेसम्म वैधानिक रुपमा त्यो देश प्रवेश गर्न सम्भव नै हुँदैन ।

तर, त्यस्ता केही मुलुकहरु छन्, जसका पासपोर्ट वाहकले धेरै मुलुकमा विन भिसा नै प्रवेश पाउँछन् । यसैका आधारमा कुन देशको पासपोर्ट कति बलियो भन्ने निर्धारण गर्छ ।

बेलायती लगानी तथा आप्रवासन सहजीकरण कम्पनी हेन्स्ले एण्ड पार्टनर्सले हरेक वर्ष पासपोर्ट इन्डेक्स सार्वजनिक गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को तथ्यांकलाई आधार मान्दै विगत १९ वर्षदेखि यस्तो इन्डेक्स जारी गर्दै आएको हो । यस कम्पनीले सन् २०२४ का लागि पनि यस्तै सूची जारी गरेको छ ।

यो सूचीमा यस वर्ष नेपालको पासपोर्ट अर्को गरीब मुलुक लिबियासँगै ९८ औँ स्थानमा रहेको छ ।

हेन्स्ले एण्ड पार्टनर्सका अनुसार नेपाली पासपोर्ट वाहकले विश्वका ३९ मुलुकमा विना भिसा प्रवेश पाउँछन् । अघिल्लो वर्ष नेपाल यो सूचीमा १ सय ३ औँ स्थानमा रहेको थियो । आखिर संसारका सबैभन्दा शक्तिशाली १० पासपोर्ट कुन देशका होलान् ? हामीले यसबारेमा चर्चा गर्दैछौँ ।

सिङ्गापुर

हेन्स्ले एण्ड पार्टनर्सको सूचीमा सिङ्गापुर शीर्ष स्थानमा छ । दक्षिणपूर्वी एशियाली मुलुक सिङ्गापुरका पासपोर्ट वाहकले सन् २०२४ मा १ सय ९५ वटा मुलुकमा भिसा प्रक्रियाको झन्झट विनै प्रवेश पाउने जनाएको छ । अघिल्लो वर्ष सिङ्गापुर यो सूचीको दोस्रो स्थानमा थियो ।

जर्मनी, फ्रान्स, इटाली, जापान र स्पेन

संसारका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा युरोपेली मुलुकहरु जर्मनी, फ्रान्स, इटाली र स्पेनसहित एशियाली मुलुक जापान पनि दोस्रो स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट वाहकले समान १ सय ९२ मुलुकमा विना भिसा प्रवेश पाउँछन् ।

अघिल्लो वर्ष भने यो सूचीमा जापानको शीर्ष स्थानमा थियो । त्यसैगरी, अघिल्लो वर्ष जर्मनी र स्पेन समान तेस्रो तथा इटाली र फ्रान्स क्रमशः चौथो र छैटौँ स्थानमा थिए ।

अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, दक्षिण कोरिया र स्विडेन

यो सूचीमा युरोपेली मुलुकहरु अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्ड्स र स्विडेन तथा एशियाली मुलुक दक्षिण कोरिया समान तेस्रो स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट वाहकले समान १ सय ९१ मुलुकमा भिसा बिना नै प्रवेश पाउँछन् । अघिल्लो वर्ष भने दक्षिण कोरिया यो सूचीको दोस्रो स्थानमा रहेको थियो ।

फिनल्याण्ड र लक्जेम्बर्ग समान चौथौ स्थानमा थिए । त्यसैगरी, अस्ट्रिया, नेदरल्याण्ड्स र स्विडेन समान पाचौँ स्थानमा थिए । आयरल्याण्ड भने छैटौँ स्थान थियो ।

बेल्जियम, डेनमार्क, न्युजिल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, बेलायत

यो सूचीको चौथो स्थानमा युरोपेली मुलुकहरु बेलायत, नर्वे, स्विट्जरल्याण्ड, डेनमार्क र बेल्जियमसहित दक्षिण प्रशान्त महासागरमा अवस्थित न्युजिल्याण्ड रहेका छन् । यी देशका पासपोर्ट भएका मानिसहरुले समान १ सय ९० देशमा बिना भिसा प्रवेश पाउँछन् ।

अघिल्लो वर्ष यो सूचीमा डेनमार्क पाचौँ स्थनमा रहेको थियो । त्यसैगरी, बेलायत छैटौँ स्थनमा थियो । बेल्जियम, न्युजिल्याण्ड, नर्वे र स्विट्जरल्याण्ड भने समान सातौँ स्थानमा थिए ।

अस्ट्रेलिया र पोर्चुगल

यस वर्ष सबैभन्दा शक्तिशाली पासपोर्ट हुने मुलुकको सूचीमा अस्ट्रेलिया र पोर्चुगल पाचौँ स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट भएका व्यक्तिले समान १ सय ८९ वटा मुलुकमा भिसा विना नै प्रवेश पाउने हेन्स्ले एण्ड पार्टनर्सले जनाएको छ । अघिल्लो वर्ष पोर्चुगल छैटौँ र अस्ट्रेलिया आठौँ स्थानमा थिए ।

पोल्याण्ड र ग्रिस

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा युरोपेली मुलुकहरु पोल्याण्ड र ग्रिस छैटौँ स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट वाहकले समान १ सय ८८ मुलुकमा विना भिसा प्रवेश पाउँछन् । अघिल्लो वर्ष यो सूचीमा ग्रिस आठौँ र पोल्याण्ड नवौँ स्थानमा रहेका थिए ।

क्यानाडा, चेकिया, हङ्गेरी र माल्टा

संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट भएका मुलुकको सूचीमा युरोपेली मुलुकहरु चेकिया, हङ्गेरी र माल्टा तथा उत्तर अमेरिकी मुलुक क्यानाडा सातौँ स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट वाहकले समान १ सय ८७ मुलुकमा भिसा बिना प्रवेश पाउँछन् । अघिल्लो वर्ष यो सूचीमा चेकिया सातौँ स्थानमा रहेको थियो । क्यानाडा र माल्टा समान आठौँ स्थानमा थिए । हङ्गेरी भने नवौँ स्थानमा थियो ।

अमेरिका

यो सूचीको आठौँ स्थानमा अमेरिका रहेको छ । हेन्स्ले एण्ड पार्टनर्सका अनुसार अमेरिकी पासपोर्ट वाहकले १ सय ८६ मुलुकमा भिसा विना प्रवेश पाउँछन् । अघिल्लो वर्ष अमेरिका यो सूचीमा सातौँ स्थानमा रहेको थियो ।

इस्टोनिया, लिथुएनिया र संयुक्त अरब इमिरेट्स

यो सूचीमा युरोपेली मुलुकहरु इस्टोनिया र लिथुएनिया तथा एशियाली मुलुक संयुक्त अरब इमिरेट्स नवौँ स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट भएका व्यक्तिले समान १ सय ८५ मुलुकमा भिसा बिना प्रवेश पाउँछन् । अघिल्लो वर्ष यो सूचीमा इस्टोनिया १२ औँ, लिथुएनिया दशौँ र संयुक्त अरब इमिरेट्स १५ औँ स्थानमा रहेका थिए ।

आइसल्याण्ड, लात्भिया, स्लोभाकिया र स्लोभेनिया

यो सूचीमा युरोपेली मुलुकहरु आइसल्याण्ड, लात्भिया, स्लोभाकिया र स्लोभेनिया दशौँ स्थानमा रहेका छन् । यी मुलुकका पासपोर्ट भएका मानिसहरुले समान १ सय ८४ वटा मुलुकमा भिसा विना प्रवेश पाउँछन् । अघिल्लो वर्ष यो सूचीमा आइसल्याण्ड १३ औँ, लात्भिया र स्लोभेनिया समाान ११ औँ र स्लोभाकिया दशौँ स्थानमा रहेका थिए ।

Previous Post

एचएमपिभीबाट कसरी बच्ने र के के कुरामा ध्यान दिने ?

Next Post

के जाडोमा लसुनको सुपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?

सम्बन्धित खबर

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
Load More
Next Post
के जाडोमा लसुनको सुपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?

के जाडोमा लसुनको सुपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In