• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीतलहरले तराईको जनजीवन प्रभावित

by
२६ पुस २०८१,
0
दुई दिनदेखि हुस्सु र कुहिरो, सर्वसाधारण चिसोबाट प्रभावित

सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्नुको साथै जनजीवन प्रभावित बनेको छ । तस्बिर ः विश्वनाथ ठाकुर / र

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताए । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए ।

उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ३/४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक वीरेन्द्र चौधरीले बताए ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी चौधरी बताउँछन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेको देखिन्छ ।

यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोमा चिन्तित भएको जलेश्वर–१० का किसान शहदेव मण्डलले बताए ।

उनले मसुरो, खेसारी, आलस, रहरलगायतका दलहन र तेलहन बाली र काउली, गोलभेडा, मटरलगायतका तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए ।

जिल्लामा जाडो बढेर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानिय कुनै पनि पालिका वा सरोकारवाला निकायद्वारा हालसम्म कुनै पनि पालिकामा जाडोबाट बच्न/बचाउनका लागि कुनै पनि व्यवस्था नमिलाएको अधिकांश पालिकाका स्थानीयको गुनासो रहेको छ ।

Previous Post

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

Next Post

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

सम्बन्धित खबर

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
Load More
Next Post
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In