• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

by
२४ पुस २०८१,
0
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मंगलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६:५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प (राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्याग्निच्युड) नेपालका कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मंगलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौं उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौं नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उनको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन् । ‘धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ’, उनले भने, ‘विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपदबाट मानसिक रोगहरू देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।’

भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ । डा. कार्कीले भने, ‘भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।’

उनले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए । ‘यस्ता विपदबाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन’, उनले भने, ‘सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।’

अनावश्यक त्रास नफैलाउन आग्रह

खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन् । ‘भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ’, उनले भने, ‘सामाजिक सञ्जालमा ठूलो भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।’ उनले आधिकारिक सूचना मात्रै ग्रहण गर्न आग्रह गरे ।

पूर्वतयारी र सचेतनाको जरुरी

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरू के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के-के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताए । उनले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरू विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्ने बताए । उनले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गरे । ‘भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु’, जोशीले भने ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरू निरन्तर आइरहेको र थप परकम्प आउन सक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन आग्रह गरे ।

किन जान्छ भूकम्प ?

सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरूबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरू जाने गर्दछन् । स-साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरूले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरू जाने गर्दछन् ।

‘विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरू हुन्’, केन्द्रले भनेको छ ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

Previous Post

आजको मौसमः तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो

Next Post

मिथिलामा तिलासक्रायतको तयारी

सम्बन्धित खबर

घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
फिचर-ब्यानर

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ बैशाख २०८३,
Load More
Next Post
मिथिलामा तिलासक्रायतको तयारी

मिथिलामा तिलासक्रायतको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In