• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित

by
१८ पुस २०८१,
0
‘भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित

लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए । ‘नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, अहिलेसम्म भेरिएसन भएको छैन’, इन्जिनियर पाण्डेयले भने, ‘भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।’ उहाँले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताए ।

‘नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ’, उनले भने, ‘बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुन्छ ।’

गत भदौ अन्तिम साता महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर गाइडबन्ड भत्काएको छ । गाइडबन्ड कटान हुँदा रु नौ करोडको क्षति भएको इन्जिनियर पाण्डेयले बताए । निर्माण कम्पनीले अब तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजनासँगै प्रधानमन्त्री कार्यालयसम्म पत्र पठाएको छ ।

महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडा र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके बस्ती नै जोखिममा पर्ने स्थानीयहरू बताउँछन् ।

भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले समयमा गाइडबन्ड निर्माण हुन नसके १३ नम्बर वडाका एक हजार एक सय बढी स्थानीय विस्थापित हुने बताए । ‘गत भदौको बाढीले महाकाली नदी बस्तीतर्फ सोझिएको छ’, उनले भने, ‘सरकारले तत्काल भुजेला खोला र गाइडबन्ड निर्माणको काम गर्नुपर्छ, नभए बर्सातमा ठूलो जोखिम छ ।’
भदौ अन्तिम साता महाकालीमा भीषण बाढी आएको थियो । त्यसबेला बाढीले महाकाली नदी बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडा प्रभावित बनेका थिए । भीमदत्त नगरपालिका–१२ का वडाअध्यक्ष भूपेन्द्रसिंह रावलले तत्काल काम सुरु गर्न नसके अर्को बाढीले गत वर्षको भन्दो ठूलो क्षति हुन सक्ने बताए ।

‘हामी त अहिलेदेखि नै त्रासमा बस्नुपर्ने अवस्था आएको छ, त्यसकारण पुल निर्माण कम्पनीले तत्काल काम सुचारु गरोस्’, उनले भने, ‘सरकारले आयोजनामा देखिएको समस्या समाधान गरी ठूलो क्षति हुनबाट रोक्नुपर्छ ।’ पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुलसँगै निर्माण हुने अन्य संरचना निमार्ण हुन बाँकी छन् ।

Previous Post

काठमाडौंमा भूकम्पको धक्का महशुस

Next Post

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In