• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले नेताहरूको चिन्ताः केपी ओली र शंकर पोखरेलले एमाले सिध्याउँदैछन्

by
१२ पुस २०८१,
0
एमाले नेताहरूको चिन्ताः केपी ओली र शंकर पोखरेलले एमाले सिध्याउँदैछन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ‘आलोचना खप्न नसक्ने’ कार्यशैलीका सन्दर्भमा पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावल र उपाध्यक्ष विष्णु पौडेलनिकट कतिपय केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्।

एमाले नेताहरूले शीर्ष नेतृत्वको नियतमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। पार्टी काममा रमाइरहेका इमान्दार नेता–कार्यकर्तालाई तर्साउन ‘ओली समूह’ले निष्कासन र कारबाहीको नाटक गरेको उपाध्यक्ष पौडेलनिकट एक केन्द्रीय सदस्यको आरोप छ।

‘आफ्नो लोकप्रियता ओरालो लागिरहेका बेला केपी ओली र शंकर पोखरेलले गलत कदम चाल्नुभएको छ, त्यो उहाँहरूलाई भारी पर्नेवाला छ। मलाई लाग्छ अध्यक्ष र महासचिव कमरेडले इमान्दार र वैचारिक नेतालाई पार्टीबाट खेदेर एमाले सिध्याउँदैछन्,’ उनले भने, ‘अहिले पार्टीभित्र आलोचना सुन्नै नसक्ने प्रवृत्ति मौलायो! यो डरलाग्दो छ।’

अध्यक्ष ओलीको निर्देशन र महासचिव पोखरेलको प्रस्तावमा रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनामाथि बुधबार एमाले सचिवालयले ‘कारबाहीको डन्डा’ चलाएको छ। एमाले पंक्तिले नेता रावललाई संगठित सदस्य नरहनेगरी कारबाही गर्यो भने अन्य दुई नेतृलाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

बुधबार बसेकाे सचिवालय बैठकमा ओली, पोखरेलसहित उपमहासचिव विष्णु रिमालकाे जाेडबलमा तीन नेताहरूलाई कारबाहीका लागि कदम चालिएकाे थियाे। लगतै उपाध्यक्ष पौडेलले उनीहरूमाथि याे तहकाे कारबाही गरिहाल्न नहुने मत राखेका थिए।

त्यस्तै, उपमहासचिव रिमालकाे जिद्दिपनामाथि उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा सचिवहरू याेगेश भट्टराई र गाेकर्ण विष्टले काउन्टर जवाफ दिएकाे एक पदाधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। उनीहरूले तीन नेतालाई याे तहकाे कारबाही गर्दा तल्लाे तहसम्म असन्तुष्टि झन चुलिँदै जाने चेतावनीसमेत दिए। तर रिमालले ठाडै प्रतिवाद गर्दै पार्टीबाट निकाल्नुपर्नेमा जाेड दिएकाे एमाले स्राेतकाे दाबी छ।

उपाध्यक्ष र सचिवहरूले कारबाहीका लागि प्रस्ताव गरिएका नेताहरूकाे सामान्य गल्ती भएपनि त्यसलाई सच्याउन सकिने धारण राखेका थिए। तर अन्तिममा रावललाई पार्टीबाटै निकालियाे भने पाण्डे र  तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरियाे।

व्यक्ति केपी शर्मा ओलीको मनोमानी शैलीको सार्वजनिक रुपमा टिप्पणी गर्दा पार्टीबाट निकालिएका र जिम्मेवारीबाट मुक्त गरिएका नेताहरूले नेतृत्वलाई ‘निरंकुश, स्वेच्छाचारी र तानाशाही’ भनेका छन्।

‘यो केपी ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही प्रवृत्ति हो। उनलाई प्रश्न मन पर्दैन। आलोचकलाई छानीछानी रेट्दैछन्,’ भीम रावलनिकट एक पोलिटव्यूरो सदस्यले प्रश्न गरे, ‘विवादास्पद व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गा र भवन लिनुहुँदैन भन्ने भ्रष्ट संरक्षकको निर्णयमा फरक मत राख्दा कमरेड भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई पार्टीबाटै निकाल्नुपर्थ्यो त!’

त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिएकी पूर्वमन्त्री डा. विमला राई पौडेलले पूर्वउपाध्यक्ष रावलका सन्दर्भमा नबोलेपनि ‘ओलीशैली’को विरोध गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दिस इज रङ– गलत भयो। नेकपा एमाले बनाउने इमान्दार पिलरको नाम हो, बिन्दा पाण्डे। बच्चैदेखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नु हुँदैन।’

उपाध्यक्ष पौडेलनिकट अर्का एक नेताले महासचिव शंकर पोखरेलको आलोचना गर्दापनि प्रदेश र जिल्ला तहमा कतिपय नेता–कार्यकर्ताहरूले रावल, पाण्डे र तिम्सेनाकै नियति भोग्नुपरेको गुनासो गरेका छन्।

नेतृत्वले पार्टीको जिम्मेवारी बाँडफाँट गर्दा गुटबन्दी गरेको र पौडेलनिकट नेतालाई तलैसम्म उपेक्षा गरिरहेको उनको आरोप छ। त्यसो त प्रदेश र जिल्ला तहमा कारबाहीमा पर्नेहरू सबैजसो विष्णु पौडेल खेमाकै नेता–कार्यकर्ताहरू छन्।

‘अध्यक्ष र महासचिव कमरेडको योजना डरलाग्दो छ। भीम रावललाई निकाल्नु भनेको विष्णु कमरेडलाई तर्साउनु हो, यो हामीहरूले राम्रोसँग बुझेका छौँ। अन्याय धेरै दिन टिक्दैन, त्योपनि राम्रोसँग थाहा छ,’ ती नेताले भने।

एक महिनाअघि लुम्बिनी प्रदेशका सांसद दुर्गा चाैधरीलाई पनि अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेकाे भन्दै पार्टीबाट निष्कासन गरिएकाे थियाे। त्यस्तै, उपाध्यक्ष पौडेलनिकट कपिलवस्तुका नेता भेषराज आचार्यलाई पनि महासचिव पोखरेलविरुद्ध अभिव्यक्ति दिएकाे भन्दै पार्टीबाट निकालिएकाे छ।

Previous Post

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

Next Post

अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

अजरबैजानकाे बिमान रूसले खसालेको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In