• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै

by
११ पुस २०८१,
0
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तम्घास (गुल्मी)। जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।

‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । “पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।”

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उहाँले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

“यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ”, अध्यक्ष पाण्डेले भने । उनका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ ।

जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले रु ८६ लाख ७३ हजार एक सय ४४ मा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो । यसबाट यात्रा गर्न पालिकाबासीलाई रु चार सय, विद्यार्थीका रु तीन सय, छत्रकोटभन्दा बाहिरका नागरिकलाई रु पाँच सय र विदेशी नागरिकका रु एक हजार पाँच सय शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ ।

जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि रु १० लाखको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उनले बताए ।

जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् । “जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ”, स्थानीय भुवन भुसालले भने ।

जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उनले बताए ।

Previous Post

जापान एयरलाइन्समा साइबर आक्रमण

Next Post

एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ: प्रधानमन्त्री ओली

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
Load More
Next Post
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ: प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In