• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सूर्य ‘छुने’ प्रयासमा नासाको अन्तरिक्षयान

by
९ पुस २०८१,
0
सूर्य ‘छुने’ प्रयासमा नासाको अन्तरिक्षयान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ।

नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ।

त्यो उडानका क्रममा उक्त यान केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने छ। वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा हुने छन्। त्यस्तो सङ्केत सम्भवतः यही साता शुक्रवार (डिसेम्बर २७ मा) प्राप्त हुने छ।

यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकहरूको छ।

“सयौँ वर्षदेखि मानिसहरूले सूर्यबारे अध्ययन गर्दै आएका छन्। तर नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन,” नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले बीबीसी न्यूजसँग भनिन्।

उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नैपर्ने हुन्छ।

सौर्यमण्डलको मध्यभागतिर जाने गरी पार्कर सोलर प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो।

यो प्रोब २१ पटक सूर्यनजिक पुगिसकेको छ। तर क्रिस्मसको अघिल्लो दिन मङ्गलवार अझ निकटको बिन्दु पुगेर यसले पुराना कीर्तिमानहरू भङ्ग गर्ने वैज्ञानिकहरूको आकलन छ।

निकटतम बिन्दुमा पुग्दा यो प्रोब सूर्यको सतहभन्दा ३८ लाख माइल (६२ लाख किलोमिटर)को दूरीमा हुने छ।

त्यो दूरी तपाईँलाई निकै धेरै लाग्न सक्छ।

तर निकोला फक्स त्यसलाई तुलनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने ठान्छिन्। “हामी सूर्यभन्दा ९.३ करोड माइल टाढा छौँ। यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्ने हो भने ‘पार्कर सोलर प्रोब’ सूर्यभन्दा चार सेन्टिमिटर टाढा हुन्छ। त्यसैले त्यो निकै नजिक हो,” उनले भनिन्।

उक्त प्रोबले १,४०० डिग्री सेल्सिअससम्मको तापक्रम र विकिरण झेल्नुपर्छ। त्यस्तो अवस्थामा त्यसभित्र रहेका विद्युतीय उपकरणहरू गल्न सक्छन्।

उक्त प्रोबलाई जोगाउन ११.५ सेन्टिमिटर बाक्लो ‘कार्बन-कम्पोजिट’बाट निर्मित कवच बनाइएको छ। सूर्यको वाह्य मण्डलमा तीव्र गतिमा प्रवेश गर्ने र निस्किने रणनीतिमा यो यान छ।

यो प्रोब मानवनिर्मित अन्य यान वा वस्तुभन्दा तीव्र गतिमा उड्छ। यसको गति ४.३ लाख माइल प्रतिघण्टा छ। त्यो वेगमा यात्रा गर्ने हो भने ३० सेकन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगिन्छ।

सूर्य “छुने” यस्तो प्रयास किन गरिँदै छ त?

सूर्यको बाह्य मण्डल ‘करोना’मा यो यान उड्दा एउटा पुरानो रहस्यको कारण पत्ता लगाउन सकिने वैज्ञानिकहरूले ठानेका छन्।

“करोना निकै धेरै तातो छ तर हामीलाई त्यसको कारण थाहा छैन,” फिफ्थ स्टार ल्याब्समा कार्यरत खगोलविद् डा जेनिफर मिलर्डले भनिन्।

“सूर्यको सतह झन्डै ६,००० डिग्री सेल्सिअस छ। तर करोना जुन सूर्यग्रहण लाग्दा देखिने बाह्य मण्डल हो त्यसको तापक्रम लाखौँ डिग्री पुग्छ। त्यो सूर्यको सतहबाट निकै टाढा छ। वाह्य मण्डल कसरी निकै तातो बन्छ?”

यो अभियानले वैज्ञानिकहरूलाई सौर्य आँधीबारे पनि थप कुरा बुझ्न सघाउने ठानिएको छ। सौर्य आँधीमा करोनाबाट निरन्तर निस्किने आयनीकृत कणहरू हुन्छन्।

ती कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा आकाशमा रङ्गीन प्रकाशयुक्त ‘ओरोरा’ बन्छ।

‘अन्तरिक्ष मौसम’ पनि भनिने यो प्रक्रियाका कारण कहिलेकाहीँ समस्या पनि उत्पन्न हुन सक्छ। ऊर्जा आपूर्ति गर्न निर्मित ग्रिडहरू, विद्युतीय सामग्रीहरू र सञ्चार प्रणाली त्यसबाट प्रभावित हुन सक्छन्।

“सूर्य, त्यसका गतिविधि, अन्तरिक्ष मौसम, सौर्य आँधीबारे बुझ्नु पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ,” डा मिलर्डले भनिन्।

नासाका वैज्ञानिकहरू उक्त यान आफ्नो सम्पर्कमा नहुने समयको प्रतीक्षामा छन्।

उक्त यानले पृथ्वीमा पुनः सङ्केत पठाएपछि आफ्नो टोलीले आफूलाई त्यसबारे सूचित गर्ने बताइन्।

उनी यो “दुस्साहसिक प्रयास”कारण आफू व्यग्र भएको स्वीकार गर्छिन्। तर उनी आशावादी छिन्।

“मलाई यो यानबारे चिन्ता छ। तर हामीले सबै खालका क्रूर अवस्था सहन सक्ने गरी यसको निर्माण गरेका छौँ। यो कठोर, सानो तर कठोर अन्तरिक्षयान हो।”

साभार : BBC बाट

Previous Post

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

Next Post

वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित

वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In