• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिक्लेस–कपुचे–कोरी–क्होलासोथर–कर्पुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

by
७ पुस २०८१,
0
सिक्लेस–कपुचे–कोरी–क्होलासोथर–कर्पुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । गुरुङ पर्यटन व्यवसायी संघले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनः पोखरा जोडिने गरी उक्त खण्डको पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यसअघि खोज एवं अनुसन्धान गरिएको गुरुङ सम्पदा पदमार्गअन्तर्गत यस खण्डमा आजदेखि पुस १३ गतेसम्म प्रवर्द्धन गर्न लागिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् ।

‘यस आर्थिक वर्षमा विभिन्न तीन चरणमा पदमार्गअन्तर्गका तीन वटा रुटको प्रवर्द्धन गर्ने योजनाअन्तर्गत पहिलो चरणमा यस खण्डको प्रवर्द्धन गर्न लागेका हौँ’, उनले भनिन्, ‘दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मर्स्याङ्दी गाउँपालिकाबाट घनपोखरा–मैदु–थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंङडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवर्द्धन गरिने योजना छ ।’

सडक सञ्जालको विस्तारसँगै पर्यटकीय पदमार्ग हराउने र छोटिनेक्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मर्स्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा यस पदमार्गको स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रुपमा घोषणा गरिएको जनाउँदै उनले अब यस मार्गलाई प्रवर्द्धन गर्न थालिएको जानकारी दिइन् ।

प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्गका ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवर्द्धन गर्नुपर्ने सङ्घले जोड दिएको उनले बताइन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले आजदेखि सुरु हुने प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन व्यवसायी, पथ प्रदर्शक, सञ्चारकर्मीसहित ४५ जना सहभागी बन्दैछन् ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकाले रु तीन÷तीन लाख र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गुरुङ पर्यटन व्यवसायी सङ्घले रु दुई÷दुई लाख विनियोजन गरेको उनले जानकारी दिइन् । यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीमा फैलिएको बताउँदै उनले भनिन्, ‘गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ ।’

क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताउँदै उनले यस पदमार्गअन्तर्गत कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने जानकारी दिइन् ।

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरिएको बताउँदै उनले यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउनसक्ने बताइन् । प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु महत्वपूर्ण विशिष्टता हो ।

सिक्लेसबाट कपुुचे, कोरी हुँदै क्होलासोँथरसम्म पुग्ने यो पदमार्ग आफैमा धेरै सम्भावना बोकेको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुुरुङले बताए । पदमार्गअन्तर्गतको कपुचे हिमताल विश्वकै कम उचाइको हिमताल रहेको जनाउँदै उनले यसको उचाई दुई हजार चार सय ५० मिटर रहेको जानकारी दिए । पदमार्गअन्तर्गतकै कोरी अक्षांश र देशान्तर अनुसार नेपालको मध्यविन्दुका रुपमा रहेको उल्लेख गर्दै उनले क्होलासोँथर गुरुङ समूदायको महत्वपूर्ण पैत्रिक थलोका रुपमा प्रसिद्ध रहेको बताए ।

यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधिजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गी यहाँको विशष्टिता हुन् । यस पदमार्गमा जटामसी, सतुवा, पाँचऔँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ । यस पदमार्गको प्रवर्द्धनले यहाँको पर्यटकीय महत्वलाई उजागर गर्ने बताउँदै वडाध्यक्ष गुरुङले यो पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्प बन्ने बताए ।

Previous Post

भारतले जित्यो एसिया कपको उपाधि

Next Post

दुनै–लासिक्याप सडक ट्रयाक निर्माण तीव्र

सम्बन्धित खबर

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ बैशाख २०८३,
Load More
Next Post
दुनै–लासिक्याप सडक ट्रयाक निर्माण तीव्र

दुनै–लासिक्याप सडक ट्रयाक निर्माण तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In